Posts

Showing posts from September, 2012

सञ्चार माध्यममा फेसबुक बन्द

राजधानीका बिभिन्न सञ्चार माध्यममा फेसबुक खोल्न बन्द गरिएको छ । दैनिक पत्रिका र टेलिभिजन समेतले काममा असर परेको भन्दै  फेसबुक साइट बन्द गरिदिएका हुन् ।
कान्तिपूरमा साझ ५ बजेपछि फेसबुक खोल्न पाइदैन । यस्तै नागरिक र द रिपब्लिकामा ६ बजे देखी फेसबुक साइट बन्द छ । समाचार लेख्ने पत्रकार र डेस्कमा बस्ने डेस्क सम्पादकहरु पनि समाचार लेख्न र हेर्न छाडेर फेसबुकमा नै अल्झिने गरेका कारण काममा असर परेको भन्दै बन्द गरिएको हो । टेलिभिजनहरुले समेत फेसबुक बन्द गरिदिएका छन् । एभिन्यूज टेलिभिजन लगायतले बन्द  गरेका हुन् ।
जरुरी हुदा खोलिन्छ
यसरी बन्द गरिएको भएपनि आवश्यकता अनुसार खोलिने गरेको छ । समाचार लेख्ने क्रममा कुनै सुचना फेसबुकबाट मात्रै आउने वा फोटो फेसबुकबाट तान्नु पर्ने अवश्था आएमा फेसबुक खोलिने गरिन्छ ।