Posts

Showing posts from April, 2014

२० लाख खर्चेर प्रहरी भवन उद्‌घाटन

Image
काठमाडौं/अर्घाखाँची, वैशाख १६ - उपप्रधानमन्त्री वामदेव गौतमले सामान्य औपचारिक कार्यक्रममा समेत खर्चिलो सहभागिता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको भवन उद्‌घाटन गर्न उनी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सेनाको 'एमआई १७' हेलिकप्टर लिएर सोमबार बिहान त्यहाँ पुगे । त्यसको फाइदा उठाउँदै उनले छिमेकी जिल्ला प्यूठानको कार्यकर्ता भेलासमेत भ्याए । त्यहाँ पनि उनी प्रहरी महानिरीक्षकलगायत प्रहरी वरिष्ठ अधिकारीहरूसँगै थिए । सरकार र विदेशी दातृ संस्थाको आर्थिक सहयोगमा २०७० वैशाखमा नै यसको निर्माण पूरा भएको थियो । तर भवन उद्घाटन गर्न 'विशिष्ट व्यक्ति' को समय नमिल्दा एक वर्षदेखि रोकिरहेको थियो । जिल्ला प्रहरी कार्यालय उद्घाटनका क्रममा उनले स्थानीय सरकारी कार्यालयका प्रमुखलाई भेटेका थिए । त्यसपछि उनले स्थानीय पार्टी कार्यालयमा गएर कार्यकर्तासँग भेटघाट गरे ।

सुटुक्क घुस्यो, प्रहरी नियमावलीमा दफा

Image
काठमाडौ, वैशाख १४ - 
प्रहरीको नयाँ नियमावलीमा बढुवासम्बन्धी राखिएको मापदण्डका कारण लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया पुनः अवरुद्ध भएको छ । मन्त्रिपरिषद्बाट एक साता अघि पारित गरी राजपत्रमा प्रकाशित भइसकेको नियमावलीभित्र बढुवाका लागि तालिमसम्बन्धी नयाँ दफा थपेपछि प्रहरीभित्र असन्तुष्टिसमेत बढेको छ ।

 नियमावलीको नियम ३५ को दफा ७ मा बढुवा हुन दुई वटा तालिम गरेको अङ्क जोडिने व्यवस्था छ । कार्यरत पदमा रहँदा गरेको तालिमको अंक एक तह बढुवाका लागि मात्र गणना गरिने व्यवस्थाका राखिँदा असन्तुष्टि बढेको हो । नियमावलीमा तालिमका लागि ७ दशमलव ५ अंक दिने व्यवस्था गरेको छ । 

प्रहरीमा इन्टेलिजेन्स ब्युरो बन्दै

Image
काठमाडौ, वैशाख ७ - राष्ट्रिय अनुसन्धान विभागलाई सरकारले प्रधानमन्त्री कार्यालय मातहतमा लैजाने बताइरहेका बेला नेपाल प्रहरीले छुट्टै इन्टेलिजेन्स ब्युरोको तयारी गरेको छ । राष्ट्रिय सुरक्षा र अपराध नियन्त्रणमा महत्त्वपुर्ण कडी मानिने इन्टेलिजेन्सलाई नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग मातहतमा ब्युरो बनाएर राख्ने तयारी भएको हो । ब्युरोमा काम गर्ने प्रहरीले सादा पोसाकमा भूमिगतरुपमा काम गर्नेछन् । स्रोतका अनुसार सादा पोसाकमा रहने उनीहरुको कार्यालयसमेत बाहिरै रहन्छन् । 'उनीहरु प्रहरी जस्तो देखिदैनन्,' मुख्यालयका एक प्रहरी अधिकारीले भने, 'उनीहरुको सही नाम र पहिचान गोप्य रहन्छ ।' प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगठनको जिम्मेवारी लिएपछि प्राथमिकतामा राखेको 'इन्टेलिजेन्स लिड पोलिसिङ' अन्तर्गत मुख्यालय र देशभरका १४ अञ्चलमा सादा पोसाकका प्रहरी राख्न लागिएको हो । ब्युरोले संगठित, सामाजिक र सीमामा हुने आपराधिक गतिविधिमाथि निगरानी राख्नेछ । यस्तै सशस्त्र विद्रोह, हतियारधारी समूह, जातीय तथा धार्मिक अतिवादी समूहको गतिविधिमाथि नजर राख्दै नियन्त्रणको काम पनि गर्नेछ । अहि…

गृह सुरक्षामा आर्थिक अपारदर्शिता

गोप्य खर्च कसले कति ? काठमाडौं, वैशाख ६ - गृह मन्त्रालय र मातहतका सुरक्षा निकायमा आर्थिक अपारदर्शिता चरम रहेको देखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गोप्य (सुराकीलाई प्रदान गरिने) खर्च, आर्थिक सहायता, सामान खरिदबिक्री लगायतमा आर्थिक अपारदर्शिता देखिएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गोप्य खर्च कसले कति ? कसले         कति ?   गृहमन्त्री         २०,०००० गृहसचिव        १५,४६,००० सशस्त्र प्रहरी प्रमुख    २३,५०,००० नेपाल प्रहरी प्रमुख    ३७,५०,००० राअवि प्रमुख        ७२,९१,००० राअवि, क्षेत्र/जिल्ला    १७,०९,०००  गृह र मातहतका सुरक्षा निकायको शान्ति सुरक्षासम्बन्धी कार्यमा खर्च कहाँ गरिएको भन्ने विवरण छैन । गृहमन्त्री, गृहसचिव, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक र अनुसन्धान विभागका क्षेत्रीय तथा जिल्ला कार्यालयहरूले गोप्य काम भएको भन्दै पछिल्लो आर्थिक वर्षमा १ करोड ६८ लाख ४६ हजार रुपैयाँ खर्च गरेका छन् । विविध शीर्षक दिएर खर्च गरिए पनि खर्चको सीमा निर्धारण नगरिँदा भ्रष्टाचार हुने जानकारहरू बत…

डेढ किलो सुनसहित एक समातिए

Image
काठमाडौ, वैशाख १ -  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आज बिहान डेढ केजी सुनसहित एक व्यक्तिलाई पक्राऊ गरेको छ । दुवैबाट अवैध सुन बोकेर आएका इलामका बालकृष्ण अग्रवाल पक्राऊ परेको बिमानस्थल प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि अग्रवाललाई भन्सार कार्यालय बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

१६ वर्षीयालाई ३ महिनादेखि बन्धक बनाएर शोषण

बारा, वैशाख २ - बारामा एक १६ वर्षीया किशोरीलाई एक युवकले ३ महिनादेखि भारतमा लगेर बन्धक बनाई यौन शोषण गरेको पाइएको छ । बाराको मझरिया गाविसका २७ बर्षी पप्पु यादबले त्यहिकै एक किशोरीलाई बिहे गर्ने प्रलोभनामा घरबाट भगाएर बाराकै बिभिन्न स्थान र भारत पुर्‍याएर बन्धक बनाई शोषण गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाराले यादबलाई पक्राउ गरेको छ । गत पुस २० गते घरबाट भगाएर लगि ति किशोरीलाई फरक फरक स्थानमा लगेर शोषण गरेको उजुरी प्रहरीमा परेपछि ति युवक पक्राउ परेका हुन् । यादबको बिबाह भईसकेको छ । उनको पहिलो श्रीमतीबाट २ छोरा र एक छोरी छन् । पहिली श्रीमतीको ग्यांस लिक भएर आगो लाग्दा शरिरको आधा भाग जलेको छ । त्यसपछि उनले छिमेककै ति किशोरीलाई बिहे गर्ने प्रलोभनमा पारेर घरबाट झुक्याई लगेका थिए । उनले घरबाट भगाएर केहि दिन बाराकै बिभिन्न स्थानमा राखेको र त्यसपछि बेहोस बनाएर भारत लगेको पाइएको हो । उनले ति किशोरीलाई भारतमा बन्धक बनाई पटक पटक आउने जाने गर्दै शोषण गरेका थिए । किशोरीको परिवार यादबको घरमा मजदुरीको काम गर्छ ।

७ वर्षीयाको बलात्कारपछि हत्या

Image
बारा, चैत्र ३० - सदरमुकाम कलैयामा ७ वर्षीया एक बालिकाको बलात्कारपछि हत्या भएको छ । कलैया नगरपालिकास्थित घुषुकपुरमा मामाघरकी हजुरआमासँग बस्दै आएकी ती बालिका बिहीबार साँझ ६ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । साथीहरुसँग खेल्न गएकी उनी राति ११ बजेसम्म नभेटिएपछि प्रहरीमा उनी हराएको जानकारी दिइएको थियो । खोजी गर्दैजाँदा राति १ बजे पुरानो राणा दरबारको कौसीमा बालिकालाई अत्यधिक रक्तस्रावसहित अचेत अवस्थामा भेटिएको थियो । बीभत्स स्थितिमा भेटिएकी बालिकालाई नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।  'घुषुकपुरमा भुतबंगालोजस्तो दरबार छ, जहाँ मान्छेको खासै आवतजावत हुँदैन, त्यहाँ उनी अचेत अवस्थामा फेला परिन्,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'उद्धार गरेर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत्यु भइसकेको बताए ।' बालिकालाई बलात्कार गरिएको स्थानमा ५ रुपैयाँको नोट, उनको गञ्जी र सुरुवाल फेला पारेको छ । उनलाई ५ रुपैयाँ दिएर वा देखाउँदै त्यहाँ ल्याएर बलात्कार गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रविधिमा फड्को मार्दै गृह

Image
काठमाडौ, चैत्र २५ - केही समयअघिसम्म गृह मन्त्रालयमा कुनै कागजपत्र खोज्नु पर्दा पुराना ढड्डा पल्टाउनु पर्थ्यो । त्यसरी फेला परेका ढड्डा मुसाले खाएका वा आधा च्यातिएको अवस्थामा फेला पर्थ्यो । अब भने त्यस्तो अवस्थाबाट मन्त्रालय मुक्त हुने भएको छ । गृहले प्रविधिको प्रयोगमार्फत जिल्लाबाट वितरण गरिने नागरिकता र राहदानीलगायत कागजपत्र व्यवस्थित गर्न लागेको छ । मन्त्रालयका सुरक्षा र हातहतियारसँग सम्बन्धित कागजपत्र 'स्क्यान' गरेर 'पेपर डकुमेन्ट आर्काइभल म्यानेजमेन्ट सफ्टवेयर' (पीडीएएमएस) मा राखिँदै छ । भविष्यमा काम लाग्ने महत्त्वपूर्ण कागजपत्र 'स्क्यान' गर्दै राखिएको गृहले जनाएको छ । गृहले सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय (जिप्रका) बाट वितरण गरिने राहदानी लिन सहज गराउन लागेको छ । गृहको योजना महाशाखाका सहसचिव यादव कोइरालाका अनुसार सर्वसाधारणलाई सजिलोका लागि जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिने राहदानी लिन एसएमएसमा आधारित पद्धति सुरु गर्न लागिएको छ ।

वामदेवज्यूलाई भेट्न आवश्यकतै छैन, नभेटेकै होः रमेश खरेल

Image
एमाले संसदीय दल निर्वाचन र कांग्रेस–एमाले सत्ता बाँडफाँटमा ‘किङमेकर’ वामदेव गौतमले फागुन १३ गते उपप्रधानमन्त्रीसँगै गृह मन्त्रालयको पनि सपथ खाए। रोजेरै ह्याट्रिक हानेको मन्त्रालयमा बहाली गर्न राती नौ बजे गौतम सिंहदरबार पुगे। उनलाई स्वागत गर्न निजामति, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचरका हाकिमहरु फूलको गुच्छा लिएर लाम लागेका थिए।
गृह मन्त्रालय र प्रहरी वलमा चिरपरिचित गौतमले दिएको वहाली भाषण त्यो भीडका लागि ‘आश्चर्यजनक’ खालको थियो।‘अघिल्लो दुईपटक गृह मन्त्रालय सम्हाल्दा लागेको अनुचित आरोपबाट मुक्ति पाउने गरि म यसपाला काम गर्छु,’ उनले भने।  अघिल्ला पटकमा आफूलाई जबर्जस्ती विवादमा तान्ने कोशिस भएको दाबी गर्दै यो कार्यकाल सबै किसिमका आरोप मिथ्या सावित गराउने घोषणा गरे। ‘मेरो यो कार्यकालमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता हुनेछ,’ गौतमले भने, ‘अपराध नियन्त्रणका लागि आजैदेखि काठमाडौं उपत्यकाबाट विशेष अभियान थाल्न म निर्देशन दिन्छु।’  

अन्तत प्रहरीले प्रमाण जुटायो

काठमाडौ, चैत्र २१ - 
एक महिनाअघि प्रहरीले पक्राउ गरी सार्वजनिक गर्दा महेशबहादुर सिंह दम्भका साथ प्रस्तुत भएका थिए । आफूलाई कुनै कानुनले छुन नसक्ने भन्दै पत्रकारहरूमाझ नै काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलसँग  भनाभन गरेका थिए । आफूलाई अपराधी प्रमाणित गरेर देखाउन उनले चुनौती दिएका थिए । 

प्रहरीले अपराधको फेहरिस्त प्रमाणसहित जिल्ला अदालतमा पेस गरेपछि सिंह शुक्रबार पुर्पक्षका लागि थुनामा गए । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अपहरणका ४ मुद्दा दायर गरिएको छ । तीमध्ये गत फागुन ९ मा नक्सालका  ५५ वषर्ीय राजाराम बानियाँलाई टेकुस्थित वाग्मती किनारबाट अपहरण गर्न खोजेको अभियोगमा सिंहलाई अदालतले पुर्पक्षको आदेश दिएको हो । 

अध्यागनमा राखन नयाँ कर्मचारी खोज्दै गृह

Image
काठमाडौ, चैत्र २१ - विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले काममा गम्भीर लापरबाही र त्रुटि गरेको भन्दै उनीहरूलाई विस्थापित गर्न गृह मन्त्रालय नयाँ कर्मचारीको खोजी गरिरहेको छ । एक महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन डेस्कमा बस्ने कर्मचारीको लापरबाहीका कारण ३५ विदेशी नागरिक बिना कुनै जानकारी प्रवेश गरेपछि गृहले त्यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नयाँ कर्मचारी खोजी गरेको हो । गृह प्रवक्ता शंकर कोइरालाले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर आउने नयाँ कर्मचारी गृहमा पठाइदिन सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको बताए । 'अध्यागमनमा धेरै समय खट्नुपर्ने हुन्छ, नयाँ कर्मचारी खट्न सक्ने भएकाले त्यसो गर्न लागिएको हो,' उनले भने, 'काममा पनि ढिलासुस्ती हुँदैन ।' उनले सामान्य प्रशासनबाट कर्मचारी आएपछि अध्यागमनलगायत अन्य स्थानमा खटाइने बताए ।

शहरमा माईक्रोबस ज्यादती

Image
काठमाडौ, चैत्र १९ - राजधानीमा माइक्रोबस दुर्घटनाको तथ्यांक कहालीलाग्दो छ । पछिल्ला दुई वर्षमा ७ सय २० दुर्घटनामा १५ ले ज्यान गुमाए । उक्त अवधिमा २ सय १६ घाइते भएको महानगरीय प्रहरी ट्राफिक महाशाखाले जनायो ।
आर्थिक वर्ष २०६९/०७० र ७०/०७१ चैतसम्मको तथ्यांक दुर्घटना संख्या             मृत्यु             घाइते         ७२०                    १५                    २१६
ट्राफिकका अनुसार माइक्रोबसले सबैभन्दा बढी सवारी दुर्घटना गराउने गरेका छन् । क्षमताभन्दा बढी यात्रु राखेर माइक्रोबीच नै तीव्र प्रतिस्पर्धा हुने गरेकाले दुर्घटना बढेको ट्राफिक महाशाखाले जनायो ।