Posts

Showing posts from July, 2014

प्रहरीमा गुप्तचर ब्युरो

काठमाडौ, श्रावण १२ - नेपाल प्रहरीले आपराधिक गतिविधि निगरानी र नियन्त्रण गर्न अलग्गै 'इन्टिलिजेन्स ब्युरो' बनाउने तयारी गरेको छ। अपराध अनुसन्धान विभागले आपराधिक सूचना सञ्जाल विकास र विस्तार गर्न ब्युरो खडा गर्न लागेको हो।
प्रहरी मुख्यालयको ३ वर्षे कार्ययोजनामा यसबारे उल्लेख छ। मुख्यालयमा अर्को सोमबार हुने पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठकमा कार्ययोजना पेस गर्ने तयारी छ। विभागको योजनाअनुसार तीन वर्षमा नायब महानिरीक्षक प्रमुख रहने यो ब्युरोले पूर्णता पाउनेछ।

अपराध अनुसन्धानलाई प्रोत्साहित गरिँदै

काठमाडौ, श्रावण ११ - प्रहरी मुख्यालयले सरुवा र बढुवामा अपराध अनुसन्धान गर्नेलाई प्रोत्साहन गर्ने भएको छ । मुख्यालयको अपराध अनुसन्धान विभागले त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना बनाएर त्यसरी अपराध अनुसन्धान गर्ने अधिकारीलाई प्रोत्साहन गर्न लागेको हो ।
यसका लागि अनुसन्धान गर्ने प्रहरीको सेवा विशिष्टीकरण गरेर त्यहीअनुसार उनीहरूको वृत्ति विकासको मापदण्ड पनि तयार पारिएको छ । अपराध अनुसन्धान गर्ने कार्य चुनौतीपूर्ण रहेको भन्दै त्यस्ता काममा खटिने प्रहरीको मनोबल बढाउन तलबको २५ प्रतिशत छुट्टै भत्ता व्यवस्थाका लागि प्रस्तावसमेत गरिएको छ
अलग्गै समूह बनाएर अपराध अनुसन्धान गर्दा राम्रो प्रतिफल आउने प्रहरी अधिकारी बताउँछन् । अपराध अनुसन्धान विभाग प्रमुख नायब महानिरीक्षक (डीआईजीपी) सुरेन्द्रबहादुर शाहले अनुसन्धान गर्ने अधिकारीलाई जिम्मेवार बनाउन छुट्टै समूह बनाएर मूल्यांकन गर्न लागिएको बताए । 'अहिलेसम्म अनुसन्धान गरेको कुरा प्रहरीको वृत्ति विकासमा जोडिँदैन थियो । अब उसको मूल्यांकनको आधार नै अनुसन्धानमा गरेको प्रगति मानिनेछ,' शाहले भने, 'समग्रमा प्रह…

शवहरुका बीच एक डाक्टर

Image
पोस्टमार्टमका विशेषज्ञ डाक्टर हरिहर वस्ती २३ वर्षअघि जुन पदमा सेवा प्रवेश गरेका थिए, आज पनि त्यसैमा छन् । हत्या वा आत्महत्याको परिक्षण गर्ने उनको कामलाई यसले केही असर पारेको छैन ।


महाराजगन्जस्थित टिचिङ अस्पतालमा बाहिरबाट हेर्दा सफा देखिने नयाँ भवन छ । अघिल्लो आइतबार बिहान त्यहाँ पुग्दा डा. हरिहर बस्ती मानिसको शव चिर्न तयार हुँदै थिए । उनी एकैछिनमा चिर्ने कक्षमा गए । कक्षको २० मिटर बाहिरै गन्ध आइरहेको थियो । भित्र छिर्दै जाँदा गन्ध कडा हुँदै गयो । कोठाभित्र पुगेपछि त गन्ध बेहोसै हुने गरी आयो । त्यहाँ ४ वटा बेडमा मानिसका केही दिन पुराना शव थिए । एउटा चिरिँदै थियो । मलाई यो कोठामा दुई मिनेट पनि बस्न गाह्रो भयो । दौडिएर बाहिर निस्किएँ ।
मलाई दुई मिनेट टिक्न मुस्किल परेको कोठामा डाक्टर हरिहर वस्तीको टोलीले हरेक दिनजसो शवको चिरफार गर्ने काम गर्छ । दैनिक औसत ५–७ वटा शव † शंकास्पद मृत्यु भएकाहरूको शरीर चिरफार गर्ने डाक्टर वस्ती नेपालका पुराना र अनुभवी ‘फरेन्सिक’ विशेषज्ञ हुन् । कसैको हत्या भएको हो या भवितव्य, पत्ता लगाउने जिम्मा उनकै टोलीको हुने गरेको छ । 
.........

ललितपुर कुपण्डोलका विनय मानन…

प्रहरी मुख्यालय भित्र चप्पल र मोबाईल निषेध

Image
काठमाडौं–  नक्साल स्थित प्रहरी प्रधान कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक गणेश केसीलाई शुक्रबार एउटा फोन आयो । ‘सर चप्पल लगाएर भित्र आउन दिएन ।’ उनले उताबाट जवाफ फर्काए ‘प्रहरीको मुख्यालयमा आउँदा पनि चप्पल लगाएर आउने त ?’  प्रवक्ता केसीले गेटमा बसेको प्रहरीलाई फोन गरेर चप्पल सहित भित्र पठाउन निर्देशन दिएका थिए ।
अचेल प्रहरी मुख्यालयमा सर्वसाधारणलाई चप्पल लगाएर जान निषेध गरिएको छ । यस्तै मोबाईल फोन, पेनड्राईभ जस्ता बिद्युतिय उपकरण पनि उनीहरुले साथ लैजान पाउँदैनन् । मुख्यालयको प्रशासन शाखाले परिपत्र जारी गर्दै प्रहरी कर्मचारी सहित सर्वसाधारणलाई समेत चप्पल लगाएर भित्र प्रवेस गर्न नदिन भनेको छ । परिपत्रको तेस्रो नम्बरमा ‘प्रहरी कर्मचारी बाहेक अन्य ब्यक्तिको हकमा समेत अमर्यादित पोशाक र चप्पलमा प्रहरी प्रधान कार्यालय प्रवेस गर्न दिईने छैन’ उल्लेख छ ।
मर्यादित पोशाक भित्र पुरुषहरुका लागि दौरा, सुरुवाल, टोपी, जुत्ता, सर्ट पाईन्टलाई राखिएको छ । यस्तै महिलाका लागि सारी, चोलो/ब्लाउज, कुर्ता सुरुवाल वा सुहाउँदिलो र भड्किलो नहुने गरी लगाएकालाई मात्र भित्र प्रवेस गर्न अनुमति दिएको छ ।

प्लास्टिकमा अंग !

Image
काठमाडौ, श्रावण ३ - पोस्टमार्टममा मृत्युको कारण पत्ता लगाउन नसकेपछि 'भिसेरा' परीक्षण गराउन मानव अंगका नमुना निकाल्ने गरिन्छ । यसरी निकालिएका नमुना प्रहरीले सम्बन्धित ल्याबमा पुर्‍याएर थप परीक्षण गराउनुपर्ने हो । तर प्रहरीले अनुसन्धानमा चासो नदिँदा प्रयोगशालामै सड्न थालेका छन् ।

शंकास्पद मृत्यु भएका व्यक्तिको अनुसन्धान गर्न निकालिएका शरीरका भित्री अंग प्रहरीको लापरबाहीले सड्न थालेको छ । पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएका शवको मृत्युको कारण पत्ता लगाउन चिकित्कले मुटु र कलेजो निकाल्ने गरेका छन् । अस्पतालको विधिविज्ञान प्रयोगशालास्थित बन्द कोठामा २०६४ देखि यता शंकास्पद मृत्यु भएका ६ सय ३ जनाको मुटु कलेजो र रगतको नमुना प्लास्टिकको बोतलभित्र छ । यी नमुना काठमाडौं, ललितपुर र भक्तपुरमा घटेका शंकास्पद घटनाका व्यक्तिका हुन् ।
पोस्टमार्टममा मृत्युको कारण पत्ता लगाउन नसकेपछि 'भिसेरा' परीक्षण गराउन ती नमुना निकाल्ने गरिन्छ । यसरी निकालिएका नमुना प्रहरीले सम्बन्धित ल्याबमा पुर्‍याएर थप परीक्षण गराउनुपर्ने हो । तर प्रहरीले अनुसन्धानमा …

१४ बर्षघि अमेरिकामा फरार भएका नेपालमा पक्राउ

Image
काठमाडौ, श्रावण ४ - आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको अभियोगमा जमानतमा रिहा भएदेखि फरार भएका एक अमेरिकी नागरिक नेपालमा पक्राउ परेका छन् । ४७ वर्षीय निल स्टेमर नक्कली अमेरिकी पासपोर्टसहित सुन्धराबाट पक्राउ परेका हुन् ।

अमेरिकाको न्यू मेक्सीकोमा उनी सन २००० मा जमानतमा रिहा भएदेखि फरार थिए । नेपालमा पक्राउ गरेपछि उनलाई अध्यागमन ऐन उल्लंघन गरेका अभियोगमा जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई १५ हजार रुपैंया धरौटीमा रिह गरेपछि तुरुन्तै अमेरिका फर्काइएको हो । उनलाई अमेरिकी बिमानस्थलबाट न्यू मेक्सिकोको बर्नालिलो काउन्टी नगरपालिका लगिएको छ ।

अध्यागमन विभाग प्रमुख शरदचन्द्र पौडेलका अनुसार ३ महिनाअघि काठमाडौंस्थित अमेरिकी दुताबासले स्टेमर नक्कली पासपोर्ट लिएर बसेको जानकारी दिएको थियो । पौडेलका अनुसार स्टेमर 'केभिन जोहन हुज' नाममा नेपालमा बस्दै आएका थिए ।

‘आमा हत्याको’ बदला लिन १५ लाखको सुपारी

Image
काठमाडौ, असार २१ -  सोह्र वर्षकी छँदा आँखैअगाडि आमालाई जलाइएपछि उक्त आगो निभाएकी एक किशोरी त्यसको बदला लिन के-के गर्छिन् ? तर सफल हुँदैनन् ।  प्रतिमा बाँस्कोटा २०६५ जेठ ९ गते । १६ वर्षीया रेखा (नाम परिवर्तन) काठमाडौंको चाबहिलस्थित घरमा बेलुकीको खाना खाएर कोठामा पढ्दै थिइन् । भोलिपल्ट कक्षा ११ को लेखाको परीक्षा थियो । पढ्दापढ्दै उनी ओछ्यानमै निदाइन् । ४१ वर्षीया आमा अम्बिका, भान्सैमा थिइन्, बाबु (मुरारी धमला) लाई खाना कुर्दै । मुरारी कान्छी श्रीमती ममतापट्टिकी छोराको न्वारानमा गएका थिए । अचानक, राति ११ बजे भान्सा कोठामा दनदनी आगो लाग्यो । छिमेकीले हल्ला गरे । आमा चिच्याइन् । उनको निद्रा खुल्यो । आमा 'बुनु मलाई बचाऊ, बुनु मलाई बचाऊ' भन्दै उनको झ्यालतिर आइन् । रेखा आत्तिइन् । कोठा खोल्न खोजिन्, तर बाहिरबाट चुकुल लगाइएको रहेछ । भित्रबाट चिच्याइन् । कोठाको झ्यालमा सिसा लगाएको थिएन । त्यहाँबाट कौसीमा निस्किइन् । र, धाराको पानी थापेर ज्यानमा बलिरहेको आगो निभाइन् । आमा 'मलाई पापीले मार्‍यो' भन्दै कराउँदै थिइन् । बाबुले एकैछिनपछि आएर के भो भने । उनको गला अवरुद्ध भयो । बाबुको गालामा …