Posts

Showing posts from August, 2014

अढाई बर्षपछि एआईजिपी ४ मात्र

Image
प्रतिमा बाँस्कोटा
काठमाडौं– सरकारले नेपाल प्रहरीमा थप गरेको दुई अत्तिरिक्त महानिरीक्षक(एआईजिपी) सहित तीन जनाको दबरन्दी कटौती गर्ने निर्णय गरेको छ । सरकारको अघिल्लो बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ५ दरबन्दी कटौती गरेर ४ जना मात्र राख्ने निर्णय गरेको हो । गृहसचिब सुर्य सिलवालले प्रहरीमा एआईजिपी पद बढि भएकाले अहिलेका आईजिपी र एआईजिपीले अवकास पाएपछि त्यो दरबन्दी घटाउने निर्णय भएको बताए । ‘प्रहरी संगठनका लागि ४ जनाको पद नै काफी हो’ उनले भने ‘अहिले भएका एआईजिपीहरुको कार्यकाल सकिएपछि यो लागु हुनेछ ।’
उपेन्दकान्त अर्यालयको ब्याचले २०७३ फागुनमा अवकास पाएपछि नयाँ ब्याचमा ४ जना मात्र एआईजिपी रहनेछन् ।
सरकारको यस्तो निर्णयलाई पुर्व सुरक्षा अधिकारीहरुले हचुवाको तालमा गरिएको बताएका छन् । पुर्व गृहसचिब उमेश मैनालीले प्रहरी जस्तो संवेदनशिल निकायको नितीगत तहको निर्णय अब्यवहारीक भएको बताए । ‘आफूलाई आवश्यकता पर्दा दरबन्दी थप्ने र नपर्दा खारेज गर्ने अभ्यास गलत हो’ उनले भने ‘दरबन्दी थप्ने हटाउने पद्धती अनुसार गनुपर्नेमा आफू अनुकूल गरियो ।’ सरकारी कार्यालयमा तल्लो दर्जाको सुब्बा नायब सुब्बाको दरबन्दी…

दुर्गन्ध फैलाउँदै सार्वजनिक शौचालय

Image
काठमाडौ, भाद्र १ - गाउँबाट विभिन्न सेवा, पहुँच र अवसर खोज्दै उपत्यका भित्रिनेहरूको संख्या धेरै छ। खासगरी उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरका सहरी क्षेत्रमा बाहिरबाट आउने सर्वसाधारणको भीड बढ्दो छ। उसै पनि यी तीन सहरलाई अनियन्त्रित रूपमा वृद्धि हुँदै गएको जनसंख्याले अस्तव्यस्त बनाउँदै गएको छ। समस्या बढ्दो छ। तीमध्ये एक हो सार्वजनिक शौचालयको अभाव। करिब ३० लाख व्यक्ति बसोबास गर्ने यी तीन जिल्लामा सार्वजनिक शौचालयको संख्या सयवटा पनि छैन। भएका शौचालय पनि व्यवस्थित छैनन्। अझ अपांग र महिलामैत्री त छँदै छैन। अस्पताल, नगरक्षेत्र, प्रहरी कार्यालय लगायतका क्षेत्रमा सार्वजनिक शौचालयको अवस्थाबारेकल्पना घिमिरे, प्रतिमा बाँस्कोटा, दीपेन्द्र विष्ट, जगदीश्वर पाण्डे, लीला श्रेष्ठ र प्रशान्त माली लेख्छन्- भक्तपुरकी रेनुका खत्री किनमेलका लागि न्युरोड वा असन कतै जानुपर्‍र्यो भने प्रायः पानी पिउँदिनन्। कारण हो, किनमेलका लागि उनको छनोटमा परेका क्षेत्रमा शौचालय अभाव। 'पानी खाएपछि पिसाब त लाग्छ, अनि शौचालय खोज्नुपर्ने समस्या हुन्छ,' उनी भन्छिन्, 'सामान किन्ने ठाउँमा शौचालयबारे सोध्दा छैन भन्ने …

मोदीको सुरक्षा मोबाईल जामर पनि

नाका नाकामा चेकिङ
भारतिय सुरक्षा निकायको शंकास्पद सुची 
डिभाईडर हटाईए 
मोदी शाकाहारी 
प्रतिमा बाँस्कोटा
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आईतबार हुने भ्रमणको सुरक्षा तयारी पुरा भएको गृहमन्त्रालयले जनाएको छ । गृह प्रवक्ता सहसचिब लक्ष्मी ढकालले सम्पुर्ण तयारी पुरा भएको बताए । ‘सुरक्षामा कुनै कन्जुस्याँई हुन्न । आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ,’ उनले भने ‘सम्पुर्ण तयारी पुरा भएको छ ।’ सुरक्षा अधिकारीहरुले शनिबार उनको भ्रमणमा कसरी सुरक्षा प्रदान गर्ने भन्ने बिषयमा ‘रिहलसर्ल’ समेत गरेका थिए । त्यसमा बिमानस्थलमा मोदी अवतरण गरेपछि हायत होटल र त्यसपछि उनी सहभागि हुने कार्यक्रममा सुरक्षा प्रदानका बिषयमा रिहर्सल गरिएको हो ।
मोदीको सुरक्षा भ्रमणका लागि खटिने ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी, सवारी चालक, पत्रकार लगायतका  लागि बिशेष पासको ब्यवस्था गरिएको छ । यस्तै मोदीको सुरक्षाका लागि भारतबाट आएको ‘स्पेशल प्रोटेक्सन ग्रुप एडभान्स टिम’ का सुरक्षाकर्मीलाई सुरक्षा योजना र कामको प्रकृतीका बारेमा महानगरीय प्रहरी आयूक्तको कार्यालयले ‘ब्रिफिङ’ गरिसेको छ ।
स्रोतका अनुसार गृहमा शा…