Posts

Showing posts from September, 2014

महिला तस्करी बढेको बढ्यै

Image
तीन आर्थिक वर्षमा ५ सय ८४ महिला तस्करी भएर विदेश पुगेका छन्। काठमाडौ, भाद्र ३१ केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबईमा घरेलु कामदारका लागि जान लागेका दुई युवती साँझ हनुमानढोका पुगे। दुबई उड्न ठिक्क परेका उनीहरू श्रम स्टिकर नक्कली भएको थाहा पाएपछि महानगरीय प्रहरी अपराध महाशाखा पुगेका हुन्। उनीहरूलाई पर्साका कृष्ण विकले बिनापैसा दुबई पठाउन लागेका थिए। समूहमा रहेर जान लागेका ती युवती नक्कली कागजपत्र भएको सुइँको पाएपछि हनुमानढोका पुगेका थिए। महाशाखाले बुधबार राति नै उक्त घरमा छापा मारेर विकलाई पक्राउ गर्नुका साथै त्यहाँ बन्धक बनाएर राखिएका ५ युवतीको उद्धारसमेत गरेको छ। महाशाखा प्रमुख एसएसपी पुष्कर कार्कीले तस्करी गरेर खाडी मुलुक पठाउन तयारी गरिएको अवस्थामा पक्राउ गरिएको बताए। उद्धार गरिएकाहरू नवलपरासी, सिन्धुली, चितवनका महिला हुन्। मुलुकमा महिला र बालबालिकाको तस्करी हुने क्रम बढेको छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा ५ सय ८४ महिला तस्करी भएर विदेश पुगेका छन्। आर्थिक वर्ष २०६८/०६९ मा १ सय ३० महिला बेचिएका छन्। यस्तै २०६९/०७० मा १ सय ५८ जन…