Posts

Showing posts from October, 2014

अदालतले बढुवाको आदेश दिएका डिआईजिपीको पदावधी सकियो

Image
काठमाडौ, आश्विन २२ - सर्वोच्च अदालतले बिशेष पद सृजना गरी बढुवा गर्न आदेश गरेका चार नायब महानिरीक्षक (डीआईजिपी)को पदावधी समाप्त भएको छ । सरकारले समय रहदाँसम्म बिशेष पद सिर्जना नगरेका कारण उनीहरु पाँच बर्षे डिआईजिपीको पदावधी सोमबार देखी सकिएको हो । डीआईजिपीहरु यादब अधिकारी, शुसिलबरसिंह थापा, बिश्वराजसिंह शाही र पर्शुराराम खत्री उक्त पदमा ५ बर्षे कार्यकाल पुरा गरे ।
सर्वोच्च अदालतका न्यायधिसद्धय दीपकराज जोशी र ओमप्रकाश मिश्रको ईजलासले गत असोज ८ गते ४ डिआईजिपीलाई पुरानै मितिबाट बढुवा गर्न आदेश दिएको थियो । आदेशको अर्कोदिन देखी अदालत बन्द छ । दशैं अघि सरकारले उनीहरुको बढुवा गर्ने वा सर्वोच्चको आदेशको बिपक्षमा पुनरावलोकनमा गएको छैन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समेत गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान बिभागका दुई डीआईजिपीको मात्र बढुवा गरेपछि सरकार नेपाल प्रहरीका डीआईजिपीको पद बढुवाका लागि सकरात्मक नदेखिएको गृह स्रोत बताउँछ ।
'सरकारले अदालतको आदेश मान्ने छाँटकाट देखाएको भए, हिजो नै बिशेष पद सिर्जना हुन्थ्यो' गृहका एक उच्च अधिकारीले भने 'पुनरावलोकनमा जाने…

न सकिन्छ गरि खान नसकिन्छ मरि जान बुढेसकालैमा

Image
दुख कष्ट गरेर छोरा छोरी हुर्काए, ठुला बनाए,  चराले झै ति छोरा छोरी पखेटा लागेपछि उडेर गए । अनि जीवनको दोस्रो ईनिङमा आएर बेघर र बेसाहारा बनेपछि पशुपति क्षेत्र बिकास कोष भित्रर रहेको बृद्दाश्रममा उनीहरु बसेका छन् । ठुला बडाले आशिक दिएर मनाउने दशैं उनीहरुका लागि खल्लो बन्यो । दशैं आएको भन्दा नआएको जाति लाग्यो । 
उखान छ नि ‘बाबुआमाको मन छोरा छोरी माथी छोरा छोीको मन ढुङगा मुडा माथी ।  टीकाको दिन मेसो मिलाएर आश्रममा पुग्दा उनीहरु छोराछोरीको बाटो हेरेर बसेका थिए । कोही भित्र भित्रै रोए । कोही भक्कनिएर आफ्ना आशुँ झारे । दुख पोखे । 

७६ वर्षीया मैया अधिकारी दशैं टीकाका दिन आखाँ आँशुले भरिएका  थिए ।  यो वर्ष पशुपति बृद्धाश्रममा आएकी उनले घरमा दशै मनाउन नपाएकाले नरमाइलो मानिरहेकी थिइन् । हत्केलाले आँशु पुसिन् र भनिन् 'घर जस्तो रमाईलो त कहाँ हुन्छ र ?' काठमाडौं नारायणथान घर भएकी अधिकारीका लागि आश्रममा पहिलो दशैं हो । ६ महिना अघि मात्र उनी नारायणथानबाट आश्रम आएकी हुन् । 'लाउन खान नपुगेर होईन, सहारा कोही नभएर आएकी हुँ' उनले सुनाईन् 'श्रीमान् र छोरी बितेपछि केही बर्ष माईतमा बिताएँ, …