Posts

Showing posts from November, 2014

सार्क सुरक्षामा भारत हाबी

Image
अठारौं सार्क शिखर सम्मलेन नजिकिँदै गर्दा सरकारले सुरक्षा व्यवस्थालाई कडा पारेको छ । राजधानी भित्रिने नाका हुन् वा विमानस्थल क्षेत्रमा हुने सुरक्षा जाँचले विगतको द्वन्द्वकालको झल्को दिन्छ । राजधानी भित्रिने नाका थानकोटमा यात्रुहरूलाई बसबाट ओरालेर खानतलासी लिने गरिन्छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार, सार्कमा सुरक्षा सतर्कता अपनाउने
क्रममा यसखाले जाँच दुई महिनादेखि गरिएको छ । भन्छन्, 'दसैं अघिदेखि नै सुरक्षा निकायहरूलाई सार्कलाई लक्षित गरेर सुरक्षाजाँच गर्ने, योजना बनाउने, परामर्श गर्ने जस्ता काममा परिचालन गरिएको छ ।'
सरकारले सार्कको सुरक्षाका लागि गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा परिहवन तथा यातायात व्यवस्था समिति गठन गरेको छ, जसको मातहतमा रहेका र सुरक्षा मुद्दासँग जोडिएका मात्र १५ वटा उपसमितिहरू छन् । सुरक्षा चुनौतीलाई सामना गर्न नेपाली सेनाका बलाधिकृत रथि पवनबहादुर पाण्डेको संयोजनमा गृह मन्त्रालय र चारवटै सुरक्षा निकायको संयुक्त टिम बनाइएको छ ।
आयोजक राष्ट्रका हिसाबले नेपाल त आफ्ना पाहुनालाई आतिथ्य र तिनको चुस्त सुरक्षा बन्दोबस्तमा क…

भीभीआईपी उडान गर्दा अन्य जहाज नउड्ने

Image
काठमाडौ, मंसिर ४ - सार्क सम्मेलनमा सहभागी हुने अति बिशिष्ट व्यक्तिहरूको जहाज आगमन र प्रस्थानका बेला आकाशमा अरू जहाज नउडाइने भएको छ । सरकारले नागरिक उड्ययन प्राधिकरणसँग समन्वय गरेर उडानका बेला १५ मिनेट पहिले र १५ मिनेटपछिसम्म कुनै पनि जहाज नउडाउने तयारी गरेको हो ।
सार्क सम्मेलनका बेला मसिंर ९ देखि १२ गते चार दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल २४ सै घण्टा खुल्ला रहने भएको छ । अहिले राति १२ बजेदेखि बिहान ६
बजेसम्म विमानस्थल बन्द हुने गरेको छ । अतिबिशिष्ट ब्यक्तिको  आवागमनका कारण प्रभाबित हुने भन्दै त्यसरी प्रभाबित हुने बिमानलाई राति ल्याइने भएको छ । 'भिभिआईपीको सवारीका बेला अन्य उडानहरु गराउन नमिल्ने भएकाले त्यो बेला प्रभाबित भएका उडानलाई अन्य समयमा ल्याउने ब्यवस्था मिलाइएको हो' बिमानस्थलका एक अधिकारीले भने- 'चार दिनसम्म २४ घण्टा नै बिमानस्थल खुल्ला रहनेछ ।' यस्तै, त्यो बेला आन्तरिक उडानहरु पनि प्रभाबित हुने भएका छन्् । 'उडानहरु बन्द नै नभएपनि धेरै कम उडान हुनेछन' ति अधिकारीले भने 'भिभिआईपीहरुको आउने समय निश्चित भईसकेको छैन ।'
स…

पाहुनाका खानामा विशेष निगरानी

Image
सार्क सम्मेलन तयारी
काठमाडौ, कार्तिक २९ - सार्क सम्मेलनमा अतिविशिष्ट व्यक्तिको खाद्य तथा पेय पदार्थको विशेष सुरक्षा प्रबन्ध गरिने भएको छ । त्यसका लागि अतिविशिष्ट व्यक्ति सुरक्षा उपसमितिअन्तर्गत छुट्टै खाद्य तथा पेय पदार्थ सुरक्षा टोली बनाइएको छ । खाद्य तथा गुणस्तर विभागका प्रतिनिधिले परीक्षण गरेपछि खाद्य पदार्थ अतिविशिष्टलाई दिइनेछ । सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकारप्रमुख बस्ने होटल सोल्टीको किचेनमा सुरक्षा अधिकारीहरू परिचालन गरिनेछ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पेय पदार्थका साथै खानाहरू तयार हुँदादेखि विशिष्ट व्यक्तिलाई 'सर्भ' नगर्दासम्म निगरानी गर्नेछन् । होटलसँग समन्वय गरी 'सेफ' हरूमाथि पनि निगरानी हुनेछ । एक वरिष्ठ सुरक्षा अधिकारीले भने, 'होटल प्रवेश गर्नुअघि र निस्किएपछि उनीहरूले भेट्ने मान्छे र उनीहरूका गतिविधिमाथि प्रहरीले निगरानी राख्नेछ ।'

विमानस्थलमा सुरक्षालाई कार्यदल

Image
काठमाडौं, कार्तिक २९ - सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको आगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सुरक्षा ब्यवस्था चुस्त बनाउन कार्यदल बनेको छ । यो कार्यदलले अतिबिशिष्ट ब्यक्तिको सुरक्षा चार घेरामा दिने तयारी गरेको छ । नेपाली सेनाका बिमानस्थलमा रहेको ईन्जिनियर निर्देशनालयका निर्देशक सहायक रथी बिजेन्द्र गौतमको संयोजनमा बिमानस्थल सुरक्षा समिती बनाइएको छ । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग, अध्यागमन बिभाग र भन्सार बिभागका प्रतिनिधी सम्मेलित छन् । स्रोतका अनुसार अतिबिशिष्ट ब्यक्तिको सुरक्षालाई निकटतम, भित्री, मध्य र बाहिरी गरी चार तहमा बिभाजन गरिएको स्रोतले जनायो । अतिबिशिष्ट ब्यक्तिको सुरक्षा जिम्मेवारी नेपाली सेनाको बिशेष कार्यदलले लिने गर्छ । यसमा पनि निकटतम घेरामा नेपाली सेनाको उक्त कार्यदल छ । त्यो भन्दा बाहिरको भित्री र मध्य सुरक्षा घेरा सेनाले नै सम्हाल्नेछ । बाहिरी घेरामा नेपाल प्रहरी छ । त्यसपछि सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै राष्ट्रिय अनुसन्धान बिभाग -गुप्तरचर)ले आफ्नो हिसाबले सुचना संकलनको कार्य गर्नेछ । बिमानस्थलका साथै…