Posts

Showing posts from December, 2014

सुनमा सुराकी को ?

Image
'आँपसँग मात्र सरोकार राख्ने हो, रूखसँग होइन' प्रतिमा बाँस्कोटा

काठमाडौ, पुस ६ - भक्तपुरको जगाती प्रहरीका एक जवानलाई सोमबार राति खबर आयो- 'तातोपानीबाट काठमाडौं आउँदै गरेको कन्टेनरमा २० किलो अवैध सुन आउँदै छ ।' गाडी नम्बर खुले पनि 'अल्फाबेट' खुलेको थिएन । प्रहरीहरू सडकमा खटिए । हरेक सवारी जाँच गर्न थाले । अन्ततः एक घन्टापछि १२ बजे गाडी नम्बर मिलेको ना२ख ५०५८ नम्बरको कन्टेनर आइपुग्यो ।
स्याउ राखिएको कन्टेनरमा भन्सार विभागको लाहाछाप थियो । लाहाछाप लागेमा प्रहरीले खोल्न पाउँदैन । तर सूचना आएकाले नजरअन्दाज पनि गर्न मिलेन । चालकसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा चालककै सिट छेउको झ्यालमा फल्स बटम बनाएर लुकाएको पाइयो । सूचना दिने मान्छेबारे थाहा भए पनि किन दियो प्रहरीलाई थाहा छैन । प्रहरीले सूचना किन दिँदै छस् भनेर सोध्दैन । 'कारण, त्यसरी सोध्दा व्यक्तिले सूचना नै दिँदैन,' मुख्यालयका एक प्रहरी अधिकृतले भने, 'हामीले आँपसँग मात्र सरोकार राख्ने हो, रूखसँग होइन ।'

‘आधा रातमा लोग्ने र सासु ससुराले कुटेर निकाल्दा नि अझै लोग्नेकै ईज्जतको चिन्ता छ’

कोही पुरुषले महिलालाई मानसिक र भावनात्मक रुपमा चोट कति पुर्‍याएको छ भन्ने मापन यन्त्र खोई ?
 ‘उनीहरुको ईज्जत मेरो ईज्जत हो, उनीहरुलाई नराम्रो भन्दा मेरो पनि ईज्जत रहन्न’

प्रतिमा बाँस्कोटा
‘श्रीमान र सासु ससुराले राती १ बजे कुटेर घर निकाला गरे’ दुई दिन अघि राजधानीको
उच्च घरानाकी एक युवतीको सन्देश आयो । पिडीत ति युवती र अर्की एक युवती बिच सामाजिक सञ्जाल ‘ह्वाटस् एप्स म्यासेन्जर’ मा भएको कुराकानी ईमेल गरिदिएको थिईन् । 
राम्रै पढेलेखेकी र उच्च घरानाकी ती महिला पछिल्ला ६ महिनायता घरेलु हिंसाको शिकार बनेकी छन् । अनेकौं बहनामा उनी माथी दिनरात अत्याचार भएको छ । यिनलाई यसरी अत्यचार गर्ने श्रीमान्ले उनी भन्दा पहिला दुई वटा बिबाह गरिसकेका छन् । अहिले यातना सहिरहेकी युवती यिनकी कान्छी श्रीमती हुन् । पाँच बर्ष अघि जेठी श्रीमती भारतिय नागरिक बिहे गरेका यि युवकले बिहेको दुई बर्षमै ति युवतीसंग सम्बन्ध बिच्छेद गरे । उनीहरुको मुद्धा अझै जिल्ला अदालत काठमाडांैमा बिचाराधिन छ ।
मलाई ईमेल गरिदिने महिलाले झण्डै ३ महिना अघि पनि यो घटनाका बारेमा जानकारी गराएकी थिईन् । तर मैले आपसी मामला हो भन्दै नजरअन्दाज …