Posts

Showing posts from 2015

आफ्नै बुहारीबाट बेचिएकी महिलाको बयान

Image
उनीसंग कुरा गर्दा आखाँ भरिएर आए । उनी हिक्का छोड्दै रुदाँ उनलाई के भनेर सम्झाउने मसंग कुनै शब्द थिएन । झण्डै मेरी आमाको उमेर बराबरकी महिला कुटनैतिक आवरणमा रहेका राक्षसहरुको शिकार बनिन् । उद्धार भएर नेपाल त आईन् । उनी चिन्ता मुक्त अझै थिईनन् । आफ्नै बुहारीले उनलाई बेचेकी थिईन्, पहिला देखी नै वेबास्ता गर्ने छोराहरुको रबैया अब उनी माथी के होला ? केहि त बेचबिखन बिरुद्ध काम गर्ने संस्थाले उनलाई पालेर राखेको छ । त्यहाँबाट निकालेपछि उनी कहाँ जान्छिन् ? कहाँ बस्छिन् ? उनीसंगै उत्तर छैन । उनी कसरी राक्षसहरुको पञ्जामा परिन् ?, उनी माथी के के भयो ?  


आश्विन १, २०७२- सुन्तली तामाङ, ४८ र मीना नेपाली, २६ (दुवैको नाम परिवर्तन), बुधबार केन्द्रीय अनुसन्धान ब्युरोको एउटा कोठामा धुमधुम्ती बसिरहेका थिए । भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीले यी दुई महिलालाई तीन महिनादेखि याैन शाेषण गरेका थिए । उनीहरुले आफ्नो सामूहिक बलात्कार भएको बयान दिएका थिए । दार्जिलिङ घर भएकी एक नेपालीभाषी युवतीले यी दुई महिलाको उद्धारमा मद्दत गरेकी थिइन् । उनीहरूलाई एक साताअघिमात्र दिल्लीबाट उद्धार गरी नेपाल ल्याइएको हो …

सुरक्षामा पुनसंरचना

Image
सम्बोधन गरिनु पर्ने सुरक्षा चुनौती  
किन बनेन सुरक्षा नीति ?
प्रस्तावित सुरक्षा नीतिमा के छ ?
प्रतिमा बाँस्कोटा
काठमाडौं– सशस्त्र प्रहरीले आफूले नियन्त्रणमा लिइएको ब्यक्तिलाई के कारणले लिइएको हो भनि जनाउ दिने सुचना पुर्जी दिने अधिकार सरकारले उसलाई थमाएको छ । नेपाल प्रहरीले आफनो क्षेत्राधिकारमा पर्ने अधिकार सशस्त्र प्रहरीलाई नदिन चौतर्फी प्रयास समेत गर्‍यो । झण्डै एक महिना लामो चलेको दुई सुरक्षा निकाय बिचको रस्साकस्सीमा सशस्त्र प्रहरी बल हाबी भयो ।
त्यसको बदला लिन यता नेपाल प्रहरीले नयाँ संविधानको मस्यौदामा सशस्त्रको ‘प्रहरी’ भन्ने शब्द नै हटाइदिन कसरत सुरु गरेको छ । दुई वटा सुरक्षा निकायको नाम एकै हुदाँ अन्यौल पैदा भएको र हुने भन्दै हटाइदिन राजनैतिक दलका नेताहरुलाई भेटेर कसरत सुरु गरेको हो । सशस्त्र प्रहरी बल स्थापनाको १४ औं बर्षसम्म सशस्त्रको नामका कारण समस्या आएको थिएन । तर जब नेपाल प्रहरीको पक्राउ अधिकार सशस्त्रले अशं लगाए झै गरेर बाँड्यो, त्यसपछि यि दुई संगठन बिचको दुरी समेत बढेको छ ।
सुचना जारी गर्ने अधिकार पाए लगत्तै सशस्त्र प्रहरी बलले गरेका क्रियाकलाप समेत बिबाद मुक्त छैनन् ।…

दलाल समातिए, युवती सिरियामै

Image
काठमाडौ, असार २३ - एक महिनाअघि एक युवतीले आफ्नो फेसबुकमा अनुरोध गरिन्, ‘सरकार, म बाँच्न चाहन्छु, यो नर्कबाट म नेपाल आउन चाहन्छु।’ उनले आफू मर्नु र बाँच्नुको दोसाँधमा सिरियामा रहेको भन्दै उद्धारका लागि अनुरोध गरेकी थिइन्। युवतीले आफ्नो आर्थिक स्थिति सुधार्न दलालको प्रलोभनमा परी कागजात जिम्मा लगाएको भन्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेकी थिइन्। त्यसैअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को खोजतलासपछि मंगलबार बुटवलका एसके भनिने शोभाकान्त भट्टराईलाई प्रहरीले चाबहिलस्थित डेराबाट पक्राउ गर्‍यो। प्रहरीले भट्टराईको कोठाबाट ४ थान राहदानी, युवतीका नाममा जारी भएका १५ थान पुलिस रिपोर्ट, १२ थान मेडिकल रिपोर्ट र भिसा लागेको कागजपत्र २० वटा बरामद गर्‍यो। सीआईबीका अनुसार वैदेशिक रोजगारसम्बन्धी कुनै संस्था दर्ता नगरेका भट्टराईले थापा मगरसँगै अन्य तीन युवतीलाई समेत सुनौली नाका हुँदै भारतको महिपालपुरमा १५ दिन राखेको र त्यहाँबाट सिरिया पठाएका थिए। भट्टराईले अहिलेसम्म ३० भन्दा बढी युवतीलाई कुवेत, १५ जनालाई दुबई र ३ जनालाई सिरिया पठाएको स्वीकार गरेका छन्। भट्टराईसँग मिलेमतो भएक…

उद्धार गरेको भनिएका २१५ बालबालिका हराए

Image
काठमाडौ, असार ३ - भूकम्प प्रभावित गोरखाबाट उद्धार गरी राजधानी ल्याइएका २ सय १५ बालबालिका हराएका छन् । केन्द्रीय बालकल्याण समितिका अनुसार गोरखाको उत्तरी ल्हो गाविसस्थित ल्हो गुम्बाबाट ल्याइएका ती बालक कहाँ छन्, पत्तो लागेको छैन । ‘भिक्षु पढाउन गुम्बामा राखिएका बालकहरू हराएका छन्,’ समितिका अध्यक्ष डिल्लीराज गिरीले भने, ‘गुम्बाका पदाधिकारीले अभिभावकलाई जिम्मा लगाएको भन्छन्, तर प्रस्ट विवरण दिन सकेका छैनन् ।’ भूकम्प गएपछि सुरुमा उनीहरूले ४ सय बालक गुम्बामा रहेको बताएका थिए । त्यहाँका बालकका लागि आश्रयस्थल बनाइएको काठमाडौंको थानकोटमा हाल १ सय ७५ जना मात्र छन् । केन्द्रीय बालकल्याण समितिकी नमुना भुसालले भनिन्, ‘वास्तवमा कति थिए ? ती कहाँ–कहाँ राखिएका छन्, कसैले बताउँदैन ।’ थानकोटमा राखिएका बालकहरू पनि सबै गुम्बाका भिक्षु नभएको भुसालले बताइन् । ‘गुम्बाबाहिर गाउँका बालकहरू पनि छन्,’ उनले भनिन्, ‘तर सञ्चालकले गुम्बाकै भिक्षु भएको दाबी गरेका छन् ।’ त्यही गुम्बाट उद्धार गरी ल्याइएका भनिएका १५ बालकलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएर उद्धार गरेको थियो । प्रहरीले भूकम्प प्रभावित स्थलबाट विभिन्न प्रय…

सशस्त्रलाई पक्राउ अधिकार दिएपछि झन् विवाद

Image
काठमाडौ, असार २८ - सरकारले सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउ पुर्जीको अधिकार दिएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच विवाद चर्किएको छ। सशस्त्रले तीन साताअघि पेस्तोलसहित पक्राउ गरेका व्यक्तिको विषयलाई लिएर गृह मन्त्रालय मातहतका सुरक्षा संगठनबीच मनमुटाव चर्किएको हो। सशस्त्र प्रहरी बलले गाडी दुर्घटनामा एक व्यक्तिको मृत्यु गराउने आफ्ना चालकलाई बचाउन खोजेको र पेस्तोलसहित पक्राउ परेका व्यक्तिलाई बुझाउने विषयमा नेपाल प्रहरीसँग विवाद बढेको हो।
दुई संगठनबीच बल्झेको विवाद साम्य पार्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रालयको कानुन महाशाखाका उपसचिवको संयोजनमा समिति गठन गरिएको छ। समितिमा गृह मन्त्रालय प्रहरी प्रशासन शाखाका अधिकृत र जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत छन्। समितिलाई गोंगबुबाट कटुवा पेस्तोलसहित पक्राउ परेका व्यक्ति र सीतापाइलामा सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिँदा ज्यान गएको घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ। अपराधको ढाकछोप गत जेठ १५ मा सशस्त्र प्रहरी बलको ना.१ख ६५५ नम्बरको ट्रकले सीतापाइलामा ठक्कर दिँदा मोटरसाइकल चालक सरोज बसेलको मृ…

सशस्त्रको ‘प्रहरी’ हटाऊ

Image
काठमाडौ, श्रावण २ - 
नेपाल प्रहरीले नयाँ संविधानमा सशस्त्र प्रहरी बलको नाम परिवर्तन गर्न सुझाव दिएको छ । नयाँ बन्ने संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै नेपाल प्रहरीले अर्धसैन्य बल सशस्त्र प्रहरी बलको ‘प्रहरी’ शब्द हटाउन आग्रह गरेको हो । 

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालसहित आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले शनिबार संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई भेटेर सशस्त्रको ‘प्रहरी’ शब्द हटाउन लिखित रूपमै सुझाव दिएका हुन् । 

केहीअघि सरकारले नियमावली संशोधन गरी सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउको अधिकार दिएपछि गृहमातहतका यी दुई संगठनबीच सम्बन्ध चिसिएको छ । अर्धसैनिक बलको स्वरूपमा रहेको सशस्त्रलाई ‘प्रहरी’ नाम राख्दा विवाद सिर्जना भएको भन्दै नेपाल प्रहरीले शब्द नै हटाउन प्रस्ताव गरेको हो ।

सानेपास्थित भट्टराई निवासमा आईजीपी अर्यालको नेतृत्वमा गएका एआईजीहरूले संविधानमा केन्द्र र प्रदेश प्रहरीको समन्वय रहने गरी संरचना निर्माण गर्नसमेत सुझाव दिएका हुन् । संविधानको प्रारम्भिक मस्यौदाको धारा २६३ मा नेपाल प्रहरी, अर्धसैनिक बल …

कहाँ हराए २९० जना ?

Image
कहाँ होलान् झक्कुप्रसाद खत्री ?
अमर भेटिएनन् : लौ न खोजी गरौं 
मुकेश : ‘होटलभित्र पुरिएको हुनुपर्छ’ 
अस्पतालबाटै हराइन् बेलुमाया  
बाआमाको प्रश्न : दाजु भेटियो ?
धरहराबाट साथ छुट्यो  
कहाँ गए अनुष्का र रेशमी ?
कहाँ होलान् सुरज ?
‘ऊ आउनेछ’
को हुन् उनीहरू ?
काठमाडौ, जेष्ठ २३ - भूकम्प आएको एक महिना नाघिसक्यो । अझै करिब ३ सय मानिसको अत्तोपत्तो छैन । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यकासहित भूकम्प प्रभावित जिल्लाहरूबाट हराएका २ सय १० जनाको अझै पत्तो छैन । बेपत्ता ८० विदेशी नागरिकसमेत जोड्दा यो संख्या २ सय ९० हुन आउँछ ।
प्रहरी प्रधान कार्यालयको विवरणअनुसार सबैभन्दा बढी रसुवाबाट ९० जना, काठमाडौंबाट ३६, सिन्धुपाल्चोकबाट २९, गोरखाबाट १८, दोलखा र नुवाकोटबाट सात/सात जना हराइरहेका छन् । भक्तपुर, धादिङ, मकवानपुर, मनाङबाट एक/एक जना हराएको तथ्यांक छ । हराइरहेकामध्ये १९ जना कुन स्थानबाट हराएका हुन् खुलेको छैन । पहाडी र हिमाली जिल्लामा पहिरोलगायत कारणले सर्वसाधारण पुरिएर बेपत्ता भएको हुन सक्ने भए पनि राजधानीमा यति धेरै मानिस कसरी हराए ? नेपाल प्रहरीको ‘मिसिङ पर्सन डेस्क’ का प्रमुख वरिष्…

बाँचिहालियो, अब जसोतसो खाउँला

Image
तिम्बु (सिन्धुपाल्चोक), वैशाख २७ - म:म: पकाएर खाने भाँडो किलो ठोक्ने ह्याम्मरले हान्दै थिईन् । हाक्पा डोल्मा हेल्मो (३१) दुईसाता अघि गएको भुकम्पमा घर भत्किदाँ कुच्चिएको मम पकाउने भाडोँ सोझ्याउँदै थिइन् । पुराना जस्ता पाता (टिन)ले बारेर सानो चिटिक्क परेको घर पनि उनको तयार थियो । बाहिरैबाट देखिने गरी कस्मेटिक सामानहरु बिक्रिका लागि राखेकी थिईन् । ‘आधा सामान त भुईचालोले लगिहल्यो, बचेको ब्यापार गर्न राखेकी’ उनले भनिन् ‘अब अरु केहि अप्रिय घटना नभईञ्जेल त खानु पर्‍र्यो नि ।’
बिनाशकारी भुकम्पमा उनको पसलको मात्र होइन, घरमा राखिएका थुप्रै सामान टुटे फूटे । उनी भुकम्पको त्रासबाट उठेपछि ति टुटे फूटेका सामान बनाउन जुटेकी छन् । उनी घरको सामान मिलाउदैछिन् । श्रीमान लाक्पा दोर्जे घर बाहिर अरुलाई मदत गर्दैछन् । उनीहरुले पहिला आफू बस्ने घर बनाए । जस्ताले छाएको र बारेको घर । जस्ताको जोहो स्थानीय स्कूलबाट गरिएको छ । त्यो तिम्बा गाउँमा ८ वटा टिनका घर बनाइएका छन् । ‘आफू मात्र बसेर भएन, छिमेकीलाई पनि मदत गर्नु पर्‍र्यो ।’ सुरुमा पाल कुरेर बस्नेहरु पनि उनीहरुको घर देखेपछि आकर्षित भए ।

भुइँचालोले घर लग्यो ट्रकमा बास

Image
बाह्रबिसे (सिन्धुपाल्चोक), वैशाख २६ - सिन्धुपाल्चोक बाह्रबिसेका रामबहादुर श्रेष्ठ (४२) को कन्टेनर तातोपानी नाकाबाट स्याउ बोकेर काठमाडौं ल्याउँदै गर्थ्यो । अढाई तले घरमा उनको परिवार हाँसीखुसी बसेको हुन्थ्यो । तर महाभूकम्पदेखि त्यो कन्टेनर उनको परिवारका लागि घर बनेको छ । त्यहींभित्र भात पकाउँछन्, खान्छन् । सुत्छन् । विनाशकारी भूकम्पले उनको १३ जनाको परिवार घरबाट कन्टेनरमा बसाइँ सरेको छ । बुढी आमासँगै ६ वर्षीया छोरीहरू सबैको गुजारा त्यसमै चलिरहेको छ ।
बाह्रबिसे बजारमा आधा सडक त भत्केका घरले यसै ढाकेका छन् । त्यसबाहेक किनारमा लस्करै कन्टेनर रोकिएका छन् । ती बाटो बन्द भएर वा अरू कुनै कारणले रोकिएका होइनन् । स्थानीयहरू घर भत्किएपछि सडकमा आइपुगेका हुन् । ना२ख ४२९३ नम्बरको कन्टेनरबाट कहिले घरमा सर्ने केही थाहा छैन । ‘भएको घर भत्कियो, नयाँ बनाउन पैसा छैन,’ श्रेष्ठकी श्रीमती जानुमाया श्रेष्ठले भनिन्, ‘कन्टेनरमा हामी बस्न थालेपछि त कमाउने भाँडो नै बन्द भयो ।’
डेरा सरेर अन्त जान पनि ठाउँ नभएको उनले बताइन् । ‘यतातिरका सबै घर भत्किएका छन्,’ उनले भनिन्, ‘कसैको पनि घर बस्न लायक छैन ।…

दुई हिमालका बीचमा चार घण्टा

Image
रिपोर्टरको डायरीराजधानीमा राहत र व्यवस्थापनका विषयमा सरकारी कर्मचारीहरू लडिरहेका थिए। उता जनता भोकभोकै मर्न लागेका थिए। काठमाडौ, वैशाख २२ - उपत्यका बाहिर महाभूकम्पले पुर्‍याएको क्षतिका विषयमा समाचार संकलन गर्न जान रहर थियो। शुक्रबार त्यसैका लागि एयरपोर्टमा रहेको सेनाको हेलिप्याडमा गएर घण्टौं कुरेर बसें। सेनाले स्वदेशी र विदेशी पत्रकारलाई हेलिकप्टरमा राखेर लगिरहेको थियो। बिहान ६ बजेदेखि २ बजेसम्म कुर्दासमेत आफ्नो पालो नआएपछि निराश भएर फर्किएँ। तर मेरो मनले मानिरहेको थिएन। जसरी पनि जान्छु भन्ने थियो। अर्को दिन शनिबार बिहान ६ बजे फेरि विमानस्थल पुगें। पत्रकारहरू कोही थिएनन्।त्यहाँ चिनेको आर्मी अधिकृत फेला परे। उनले उडान भर्ने अधिकृतसँग कुरा गराएर मलाई पठाउने बन्दोबस्त गरे।
कुर्दाकुर्दै अरू विदेशी र स्वदेशी पत्रकारको ओइरो नै लाग्यो। फेरि ठीकसँग व्यवस्थापन गर्न नसकेको भन्दै सबै पत्रकारलाई नपठाउने भएछन्। हिमपहिरोबाट प्रभावित रसुवा जान उठिसकेको मेरो खुट्टो फेरि रोकिन लागेको थियो। फर्किने मनस्थिति बनाइरहेका बेला नेपाल प्रहरी, सशस्त्र प्रहरीका मध्यक्षेत्रीय प्रमुखहरू देवेन्द्र…

माया मारेको छोरो ज्युँदै भेटिँदा...

Image
पाङताङ (सिन्धुपाल्चोक), वैशाख २३ - अनुहारभरि पसिनै पसिना र काखमा नानी च्यापेकी ४० वर्षीया पदमकुमारी अधिकारी हर्षित देखिन्थिन्। उनी आफ्ना कुरा सुनाउन आतुर थिइन्।
उनीसँग सुनाउनुपर्ने खास कुरो पनि थियो। एघार दिनअघि गएको भूकम्पमा १४ वर्षीय छोरो महादेव हरायो भनेर माया मारेकी उनले छोरो जीवितै रहेको सूचना पाएकी थिइन्। ‘छोरो पल्लो गाउँमा जीवितै रहेछ, अघि बिहान मात्र थाहा पाएको,’ उनले भनिन्, ‘उसको बुबालाई लिन पठाएकी छु।’
चार छोरा–छोरीमध्ये कान्छी काखमा थिइन्। ५ वर्षकी उनी पनि भुइचाँलो गएको दिन ८ घन्टा घरभित्र पुरिएकी थिइन्।
खेती किसानी गर्ने उनका छोरा पदम खलासी काम गर्थे। उनी वैशाख १२ गते लिदी भन्ने गाउँमा पुगेका थिए। खाना खानै लाग्दा भूकम्प आयो। त्यससँगै उनी सम्पर्कविहीन भए। ‘केही दिन खोज्दा पनि नभेटेपछि मायै मारेका थियौं,’ उनले भनिन्, ‘भेटियो भनेपछि खुसीको सीमा छैन।’
त्यहींका हीराबहादुर बिक भुइँचालोले भत्काएको घरको छानो बनाउँदै थिए। कालढुंगाले छाएको घरको आधा भाग भूकम्पले भत्काएको हो। अलिक दिनलाई छाप्रो बनाएर बसे पनि दिगो बसाइका लागि घरै मर्मत गर्न थालेका हुन्। ‘भत्किएको माथिल्लो …

दुवैपल्ट भुइँचालोले लग्यो घर

Image

उनीहरुको काम देख्दा गर्वले छाति फुल्छ

Image
अब म गर्वका साथ भन्न सक्छु – मेरो देशमा आफ्नो पर्वाह नगरी देशका लागि लड्ने सुरक्षाकर्मी छन् । 
प्रतिमा बाँस्कोटा
महाभुकम्प गएको तेस्रो दिन प्रहरी मुख्यालयमा एक महिला प्रहरी जवान आफ्नो हाकिमका अघि आखाँभरी आँशु पारेर उभिएकी थिईन् । ति हाकिम उनलाई आफूहरुले कोशिस गरिरहेको बताउँदै थिए । म छेउमा पुगेर कारण सोध्दा थाहा भयो – ति महिला प्रहरीको सिन्धुपाल्चोकस्थित घर भुकम्पले लगेछ । घरमा आमा बुवा को कता छन् ? केहि थाहा छैन । उनी उक्त स्थानमा जान र उद्धारका लागि पहल गरिदिन हाकिमलाई भनिरहेकी थिईन् ।
अर्का एक हाकिमले उनलाई अरु थुप्रैको उद्धारमा प्रहरी ब्यस्त रहेकाले एकै जनालाई मात्र लक्षित गर्न नसकिने बताइदिएपछि ति जवान आखाँभरी आशु पारेर उभिएकी रहिछन् । आफ्नो घर, परिवार को कता छ ? केहि वास्तै नगरी यिनीहरु खटिरहेका छन् ।
...........
भुकम्प जानु अघि केहि अघिसम्म कतिपयले सुरक्षाकर्मी भन्या नराम्रै मात्रै हुन् भन्थे । पछिल्ला ५ बर्षदेखी सुरक्षाकर्मी (खासगरी नेपाल प्रहरी)संग नजिक रहेर समाचार संकलन गरेकी मैेले कतिपय आवश्थमा आपैंmले पनि प्रहरीका कारण गाली खानु पथ्र्यो । कोही साथीको सवारी चालक अनुमति पत्र ल…

दरबन्दीबिनै भीभीआईपी सुरक्षा र मर्यादापालक

Image
काठमाडौ, चैत्र २९ - माघमा संविधानसभा भवनभित्र विपक्षी सभासदहरूले नाराबाजीसहित वेल घेराउ गर्दा दौरा सुरुवाल लगाएका मर्यादा पालकको लस्कर आयो। एकअर्काको हातको साङ्लो बनाएर बसेका ती मर्यादापालक प्रहरी प्रधान कार्यालयबाट खटिएका थिए। संविधानसभा हलभित्र त्यो बेला ५ सय जनशक्ति परिचालन गरिएको थियो। संविधानसभा/संसद्मा मर्यादापालकका रूपमा खटिनेहरूको दरबन्दी नै छैन। 'तत्काल गण, गुल्मबाट झिकाएर बि्रफिङ गरेर परिचालन गरियो,' एक प्रहरी अधिकारीले भने, 'मर्यादित स्थानमा परिचालन गरिने प्रहरीलाई तालिम दिएरमात्र पठाइन्छ, तर एक/दुई घण्टाको तयारीमा प्रहरी पठाइएको थियो।' प्रहरीले मर्यादापालकहरूको एउटा गुल्म बनाउन दरबन्दी माग गरेको छ। उसले १ सय ५० जनाको दरबन्दी मागेको छ। दरबन्दी स्वीकृत भएपछि गुल्मको कमान्डर प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाको राखिनेछ। 'पहिला पहिला संसद् बैठक बसेका बेला औपचारिकताका लागि मर्यादापालक खटाइन्थ्यो,' मुख्यालयका एक अधिकारीले भने, 'अहिलको स्थिति हेर्दा त सधैं राख्नुपर्ने देखिन्छ।' प्रहरी प्रवक्ता नायब महानिरीक्षक कमलसिंह बमले दरबन्दी माग गरिएको पत्र…

मानव तस्करीको जालो

Image
काठमाडौ, चैत्र २८ - सर्लाहीका अर्जुन कोइरालासहित तीन युवा दुई सातादेखि अध्यागमन विभागको हिरासत कक्षमा छन् । नयाँदिल्ली बस्ने नेपाली दलाल राकेशमार्फत टर्कीको जहाजमा कामका लागि पुगेका थिए । तर त्यहाँ पुगेपछि उनीहरूलाई दिइएको कागजपत्र नक्कली भएको खुलासा भयो । अनि टर्की विमानस्थलमा एक रात राखी उनीहरूलाई अर्को दिन त्यही जहाजमा नेपाल फर्काइयो । सर्लाहीका कोइराला, सतिशचन्द्र भण्डारी र भक्तपुरका उमेश काफ्लेलाई विना भिसा अर्को मुलुकमा गएको अभियोगमा अध्यागमन विभागले मुद्दा चलाइरहेको छ । ६ महिना अघिमात्र दुबईबाट काठमाडौं आएका कोइरालालाई दलालले टर्कीमा काम गर्ने राम्रो अफर ल्याएकाले उनी त्यसतर्फ जान तयार भएका थिए । तीन महिना अघिदेखि प्रक्रिया पुरा गरेका उनीहरूलाई दिल्लीबाट चेन्नई हुँदै साउदी अरेबियाको सारजहाँ र त्यहाँबाट टर्की विमानस्थलमा अवतरण गराइएको थियो । दिल्ली विमानस्थलमा अध्यागमनका कर्मचारीले केरकार गरेका थिए । त्यस्तै स्थिति तिनले चेन्नई र दुबईमा समेत बेहोर्नुपरेको थियो । 'जान पाइने हो कि होइन, मन दह्रो बनाएर बस्नुपथ्र्यो', अध्यागमनको हिरासतमा भेटिएका कोइरालाले भने, 'साउदीबाट …

दुबई भनेर मोराले सिरीयामा बेचेछ

Image
दुबईमा ब्युटी पार्लरको काम गर्न गएकी युवती ७ हजार डलरमा बेचिएर सीरिया पुगिन् । आफ्नै मिहेनतमा २३ महिनापछि नेपाल आएकी युवतीको कथा

काठमाडौ, चैत्र २३ - संखुवासभाकी २५ वर्षीया रमिला (नाम गोप्य) तीन वर्षअघि संखुवासभामा ब्युटिपार्लर चलाएर बसेकी थिइन् । बिहे गरेको दुई वर्षदेखि नै पतिले यातना दिन थालेपछि माइतीको सहारामा पार्लर खोलेकी उनलाई छिमेकको एउटा दाइले विदेश जाँदा राम्रो हुने सुझाए । आफूले मेनपावरको मान्छे चिनेको बताउने ती छिमेकीले उनलाई ०६९ मा काठमाडौं लिएर आए । राहदानी बनाइदिए । त्यसका लागि उनले ५ हजार रुपैयाँ दिइन् ।
काठमाडौंमा संखुवासभा घर भएका आशिष भनिने केदारबहादुर खड्काले एउटै जिल्लाको भन्दै उनीसँग नजिक भए । आफूले दुबईमा मान्छे पठाइरहेको बताए । माइतीको आडमा बसेकी उनलाई पीडा बुझेझैं गरेर खड्काले पैसा नलिई पठाइदिने बताए । 'लाग्न त ८० हजार लाग्छ, तर तपाईंसँग पैसा छैन भने आएर आवेदन दिनुहोस्, आफ्नै गाउँको चेली हुनुहुँदोरहेछ,' खड्काको भनाइ उद्धृत गर्दै उनले भनिन्, 'दयालु रहेछन् भनेर औधी खुसी लाग्यो ।'
०६९ असार पहिलो साता परराष्ट्रबाट राहदानी आएपछि उनीहर…

बलात्कारमा सफाइ धेरै

Image
 वकिल र प्रहरीले मुद्दामा राम्रो भूमिका निर्वाह नगर्दा फैसलाहरू पीडितका विपक्षमा पुग्ने काठमाडौ, चैत्र ५ - बैतडीकी पूजा बोहरा बलात्कार प्रकरणमा जिल्ला अदालतले दोषीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँका दरले जरिवाना तोक्यो। पुनरावेदन अदालत महेन्द्रनगरले त्यसलाई उल्ट्याएर सफाइ दियो।
त्यसरी सफाइ पाउने बलात्कार आरोपीको संख्या निकै ठूलो छ। महान्यायाधिवक्ता कार्यालयको वाषिर्क प्रतिवेदनका अनुसार जिल्ला अदालतहरूमा दर्ता भएका यस्ता मुद्दामा ३४ प्रतिशतले मात्र सजाय पाएका छन्।
२०७०/७१ मा ७५ जिल्ला अदालतमा २ हजार २ सय ३४ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका थिए। तीमध्ये ७ सय ६३ मुद्दाका ८ सय ८५ जनाले मात्र सजाय पाए। सफाइ पाउने झन्डै त्यसकै हाराहारीमा अर्थात् ५ सय १५ मुद्दाका ६ सय ३७ जना रहे। त्यसमा फिर्ता पठाइएका वा मुल्तबीमा राखिएका  मुद्दा ५८ अभियुक्त रहेका ४८ वटा थिए। एक हजार दुई सय एक आरोपी रहेका ९ सय ५६ मुद्दा थन्किइरहेका छन्।
पुनरावेदन अदालतहरूमा पुगेका अघिल्ला वर्षका ३ सय १३ सहित ७ सय ९९ मुद्दामा १ सय ६८ को कसुर कायम गरियो। सदर गरेर र उल्ट्याएर गरी २ सय ५० मुद्दाम…

नेपाली युवती कुन-कुन मुलुकमा बेचिन्छन् ?

Image
विदेशमा नेपाली युवती बेच्ने गिरोहका ७ पक्राउकाठमाडौ, चैत्र ४ - नेपाली युवतीलाई अफ्रिकी र खाडी मुलुकका डान्सबारमा काम लगाउने भन्दै त्यहाँ पुर्‍याएर यौन शोषण गराउने एक गिरोहमा संलग्न एक भारतीयसहित ७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर इमाडोलका ३४ वर्षीय राजेन्द्र सुवेदी खत्री, काठमाडौं मैतीदेवी बस्ने ३७ वर्षीय सविन भनिने सविनराज मानन्धर, भारतीय नागरिक २७ वर्षीय रियान भनिने तरुण रोजना खनगवाल, काठमाडौं इचंगुनारायणका ३९ वर्षीय ललितराजसिंह सुवाल, मोरङ विराटनगरका २८ वर्षीय सुनील अधिकारी, संखुवासभा आँखीभुईं घर भएका आशिष भनिने केदारबहादुर खडका र धनकुटाका ३० वर्षीय नवीन दाहाल छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
सुवेदी र दाहाल यसअघि पनि मानव बेचबिखन मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। सुवेदी २०७० भदौमा युवती बिक्रीको आरोपमा समातिएका थिए। उनीसहित ५ जनालाई ब्युरोले नै पक्रेको थियो। उनलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा छाडेको थियो। छुटेपछि पनि उनी फेरि युवती तस्करीमै संलग्न रहेको प्रहरीले जनाएको छ। ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजी)…

हण्डर खाएकी सुनिता

Image
द्धन्दमा बाबु आमा गुमेपछि १३ बर्षको उमेरमा राजधानी पसेकी एक दलित युवतीको कथा, लोग्नेले छाडेपछि दुधेबालिका हुर्काउन उनले गरेको संघर्ष । गेष्ट हाउसका साहु देखी ग्राहकसम्म खुसी पारेकी युवतीको नया जिन्दगी  . 
प्रतिमा बास्कोटा
     सुनिता (२६) को नया“बजारमा उनको चिया पसल छ । डुनोट, केक लगायतका खानेकुरा बेच्न थालेको पा“च महिना भयो । महिला सहयात्री नामको सहकारीबाट ६५ हजार रुपैंया ऋण लिएर यो पेशा सुरु गरेकी हुन् । हालैको बिहान पसल बाहिर पुग्दा उनी ग्राहकलाई सिसाको गिलासमा चिया राखेर दिदैं थिईन् । अरुले खाएको चियाका खाली कप उठाएर भाडा धुने ठाउ“मा लगिन् । हतार हतार ति जुठा चियाका कप धोईन् । अनि हतपत स्कुल जान लागेकी छोरीको कपाल कोरिदिईन् । अनुहार धोईदिईन् । एकैछिनमा उनकी छोरीलाई लिन स्कुलको भ्यान आयो । छोरीको सर्टमा रुमाल भिराउ“दै बोकेर गाडीमा छाडिन् । अनि दौडिएर आएर फेरी चिया र खाजाको अर्डर लिन थालिन् । यसो गरेर दिनको दुई सय देखी ५ सय रुपैंयासम्म फाईदा बसाउ“छिन् । ‘नया“ पसल हो, ग्राहकको मन जित्न समय लाग्दो रहेछ ।’
१३ बर्ष अघि माओवादी द्धन्दमा उनका बुवा आमा बितेपछि उनलाई यहा“सम्म आईपुग्न हण्डर त…

झोला फुटाउँदै सामान चोर्दै

Image
 विमानस्थलमा बेथितिकाठमाडौं, माघ २५ - पाँच दिनअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतीय रुपैयाँ चोरी भयो। 'इन्डिगो एयर' का यात्रु डिके सिंहले लगेजमा राखेको बि्रफकेसबाट रकम चोरी भएको हो।
काठमाडौं-दिल्ली नियमित आवतजावत गर्ने सिंहले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चोरी र सामान हराएको हेर्ने शाखालाई जानकारी गराएका थिए। उक्त रकम उनले हातमा नलिई लगेजमा पठाएको विषयमा भने विमानस्थलका सुरक्षा अधिकारीले शंका व्यक्त गरेका छन्। 'त्यो खासै ठूलो रकम त होइन,' एक प्रहरी अधिकृतले भने, 'हातमा बोक्ने झोला वा खल्तीमा किन राखेनन्?'
उनले प्रहरीलाई दिएको जानकारीअनुसार भने ह्यान्डक्यारी झन्डै ९ केजी बराबरको थियो। पाँच केजीभन्दा बढी हातमा बोक्न नपाइने भएकाले उनले लगेजमा पठाइदिएका थिए। प्रहरीका अनुसार उनको सुटकेसलाई 'इन्डिगो एयर' का कर्मचारीले सुटकेस खोल्ने ठाउँमा सेतो टेपसमेत लगाइदिएका थिए। 'तर पनि नगद हराएको उजुरी छ,' ती अधिकारीले भने, 'अनुसन्धान गरिरहेका छौं।'

दलालले उडाएको सपना

Image
उनीहरूले खाना खान पाउन छाडे । चर्चहरूमा सित्तैमा खुवाइने खाना पाउने आसमा भौंतारिन थाले । तर त्यस्तो पनि फेला पारेनन् ।
कम्तीमा महिनाको ८० हजार रुपैयाँ कमाइ हुन्छ, पोल्यान्ड पुगेको तीन महिनामा स्थायी बसोबास प्रमाणपत्र (पीआर) पाइन्छ' करिब एक वर्षअघि चितवनकी दीपा खनाल र सिर्जना चुडाललाई उनीहरूकै साथी गणेश पुरीले 'गतिलो' अफर दिए, 'भिसा नलाग्ने कुरै छैन, हाम्रो युरोपियन दूतावासमा राम्रो सम्बन्ध छ, चिन्ता लिनु पर्दैन ।' नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा भेटिएकी दीपाले भनिन्, 'सुरुमा त मैले हुँदैन भनेकी थिएँ, धेरै कर गरेपछि ऋण खोजेर गएको, पोल्यान्ड पुग्न त अलग कुरो झन्डै ज्यानसमेत गयो ।' प्रतिव्यक्ति दस लाख रुपैयाँ तिरेर गएका उनीहरू ४ महिनापछि नेपाल फर्किए, टिकट काट्न लगाएका गरगहनासमेत बेचेर । न पोल्यान्ड पुगे, न पैसा नै पाए । कसो आफै बेचिएनन् ।

रुपन्देही शंकरपुर घर भएका पुरी र दीपाबीच झन्डै ९ वर्षपहिला चिनजान भएको थियो याहु म्यासेन्जरमा । अनि कपुरधारामा ब्युटिपार्लर चलाएर बसेकी दीपा र पुरीबीच भेटघाट बाक्लियो । त्यस क्रममा पुरीले …

मर्यादा पालकको संख्या ह्वात्तै

Image
काठमाडौ, माघ २२ - संविधानसभाको बिहिबार बस्ने बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ । बहुमतिय प्रक्रिया बिरुद्ध एमाओवादी नेतृत्वको प्रतिपक्षि मोर्चाले यसअघि गरेको आक्रमण र तोडफोडपछि प्रहरी सचेत बनेको हो ।
माघ ५ राती सत्तपक्षले संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढाउँदा असन्तुष्ट बनेका सभासदले तोडफोड गर्नुका साथै सभामुख सुबासचन्द्र नेम्बाङलाई माइकले हिर्काएका थिए । त्यसपछि सतर्क बनेको प्रहरीले मर्यादा पालकको संख्या ह्वात्तै बढाएको छ ।
प्रहरी उपरिक्षकको नेतृत्वमा १ सय ५० दरबन्दीमा रहेको मर्यादा पालकको संख्या साढे छ सय पुर्‍याइएको थियो । त्यो अहिले पनि निरन्तर छ । तर ति मध्ये २ सय ५० जना 'ब्याक फोर्स' का रुपमा रहनेछन् ।
मर्यादा पालकहरु प्रहरी मुख्यालयको सुरक्षा सेवा निर्देशनालयबाट आउछन् । तत्काल संख्या बढाउनुपर्दा बजारमा रेडिमेड पसलबाट दौरा सुरुवाल उपलब्ध गराइएको थियो । तल्लो तहका प्रहरी कर्मचारीसंग दौरा सुरुवाल नहुने भएकाले रातारात त्यस्तो व्यवस्था गरिएको हो ।

जब बच्चाको कसम खुवाएर भौचर च्यात्न लगाए

राजधानीमा ट्याक्सी गुडाउँदै आएका ३६ वर्षीय मदन तामाङको मोबाइलमा २५ लाख रुपैयाँ जितेको सन्देश हिन्दी भाषामा आयो । अरूलाई पनि यसरी मोबाइलमा सन्देश अाएर ठगी भएको समाचार उनले कसो पहिल्यै पढेका थिए । त्यसैले वास्ता गरेनन् । केही दिनमा फोनै आयो ।   कोही उनलाई हिन्दी भाषामै २५ लाख रुपैयाँ चिट्ठा परेको भन्दै बधाई दिन चाहन्थ्यो ।
तामाङले आफूलाई ठग्न खोजेको भन्दै फोन काटिदिए । फेरि फोन आयो । अब फोन गर्ने मानिसले उनको सिमकार्डको 'सिरियल नम्बर' बताउँदै विश्वास दिलाउन खोज्यो । उनले सिम झिकेर पछाडिपट्ट िरहेको सिरियल नम्बर चेक गरे । नभन्दै मिल्यो । 'नम्बर मिलेपछि साँच्चै परेको रहेछ भनेर सपना बुन्न थालें,' उनले प्रहरीलाई सुनाए, 'त्यसको एक सातामै सपना सबै उडेर गयो ।'
दोस्रो चरणमा चिट्ठा राशि पाउन केही रकम पठाउनुपर्ने सूचना आयो । उनलाई एभरेस्ट बैंकको खातामा सुरुमा ४० हजार रुपैयाँ पठाउन लगाइयो । त्यसको केही दिनपछि पुनः ५० हजार रुपैयाँ खातामा हाल्न भनियो । अन्तिम पटक २५ हजार रुपैयाँ मागियो । उनीबाट कुल १ लाख १५ हजार रुपैयाँ लिएपछि सन्देश पठाउने र फोन गर्ने व्य…