Posts

Showing posts from January, 2015

कुख्यात गैडाको खाग तस्कर मलेसियामा गिरफ्तार

Image
प्रतिमा बास्कोटा
काठमाडौं– गैडा शिकार गरी त्यसको खाग तस्करीमा संिक्रय रहेका एक ब्यक्ति मलेसियामा पक्राउ परेका छन् । ईन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएका चितवन कोरकका राजकुमार प्रजालाई मलेसियन प्रहरीले पक्राउ गरेको हो । नाम बदलेर भक्तराज गिरीका नाममा क्वाललम्पुरमा बसिरहेका उनलाई उनको डेराबाट पक्राउ गरिएको हो । प्रहरी उच्च स्रोतका अनुसार उनलाई केहि दिनमा नै नेपाल ल्याइने छ । प्रजालाई गैडाको शिकार गर्ने पहिलो नम्बरको ब्यक्ति मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र उनले २०६१ देखी २०६६ का पा“च बर्ष अघि दश वटा गैंडाको शिकार गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले उनी बिरुद्ध दश वटा भन्दा बढि गैंडाको शिकार गरेको अभियोगमा मुद्धा दर्ता गरेको थियो । उक्त मुद्धामा जिल्ला आदालत चितवनले १५ बर्ष कैद सजाय तोकेको छ । सुरक्षा निकायले प्रजा समुहका १३ जनालाई पक्राउ गरेर मुद्धा दर्ता गरेको थियो । तर राजकुमार प्रजा फरार रहदैं आएका थिए ।
एक बर्ष अघि प्रजा समुहका बुद्धि बहादुर प्रजा पक्राउ परेपछि राजकुमार भागेर मलेसिया पुगेको रहस्य खुलेको थियो । त्यसपछि दुई सय भन्दा बढि देशमा खोजि गरिएका प्रजालाई खोज्ने दाय…

योजनाकार बाबु दुईपटक उम्किए

Image
कसरी खुल्यो रहस्य ? 
अपहरण मुद्धामा नपर्न लामा कारागारमै  बम हत्याकाण्डमा प्रयोग भएको पेस्तोल प्रहरीसंगै
बम हत्याका एक आरोपी बिरुद्ध डिफ्युजन नोटिस तिमा बाँस्कोटा