Posts

Showing posts from February, 2015

झोला फुटाउँदै सामान चोर्दै

Image
 विमानस्थलमा बेथितिकाठमाडौं, माघ २५ - पाँच दिनअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्ली उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतीय रुपैयाँ चोरी भयो। 'इन्डिगो एयर' का यात्रु डिके सिंहले लगेजमा राखेको बि्रफकेसबाट रकम चोरी भएको हो।
काठमाडौं-दिल्ली नियमित आवतजावत गर्ने सिंहले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चोरी र सामान हराएको हेर्ने शाखालाई जानकारी गराएका थिए। उक्त रकम उनले हातमा नलिई लगेजमा पठाएको विषयमा भने विमानस्थलका सुरक्षा अधिकारीले शंका व्यक्त गरेका छन्। 'त्यो खासै ठूलो रकम त होइन,' एक प्रहरी अधिकृतले भने, 'हातमा बोक्ने झोला वा खल्तीमा किन राखेनन्?'
उनले प्रहरीलाई दिएको जानकारीअनुसार भने ह्यान्डक्यारी झन्डै ९ केजी बराबरको थियो। पाँच केजीभन्दा बढी हातमा बोक्न नपाइने भएकाले उनले लगेजमा पठाइदिएका थिए। प्रहरीका अनुसार उनको सुटकेसलाई 'इन्डिगो एयर' का कर्मचारीले सुटकेस खोल्ने ठाउँमा सेतो टेपसमेत लगाइदिएका थिए। 'तर पनि नगद हराएको उजुरी छ,' ती अधिकारीले भने, 'अनुसन्धान गरिरहेका छौं।'

दलालले उडाएको सपना

Image
उनीहरूले खाना खान पाउन छाडे । चर्चहरूमा सित्तैमा खुवाइने खाना पाउने आसमा भौंतारिन थाले । तर त्यस्तो पनि फेला पारेनन् ।
कम्तीमा महिनाको ८० हजार रुपैयाँ कमाइ हुन्छ, पोल्यान्ड पुगेको तीन महिनामा स्थायी बसोबास प्रमाणपत्र (पीआर) पाइन्छ' करिब एक वर्षअघि चितवनकी दीपा खनाल र सिर्जना चुडाललाई उनीहरूकै साथी गणेश पुरीले 'गतिलो' अफर दिए, 'भिसा नलाग्ने कुरै छैन, हाम्रो युरोपियन दूतावासमा राम्रो सम्बन्ध छ, चिन्ता लिनु पर्दैन ।' नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा भेटिएकी दीपाले भनिन्, 'सुरुमा त मैले हुँदैन भनेकी थिएँ, धेरै कर गरेपछि ऋण खोजेर गएको, पोल्यान्ड पुग्न त अलग कुरो झन्डै ज्यानसमेत गयो ।' प्रतिव्यक्ति दस लाख रुपैयाँ तिरेर गएका उनीहरू ४ महिनापछि नेपाल फर्किए, टिकट काट्न लगाएका गरगहनासमेत बेचेर । न पोल्यान्ड पुगे, न पैसा नै पाए । कसो आफै बेचिएनन् ।

रुपन्देही शंकरपुर घर भएका पुरी र दीपाबीच झन्डै ९ वर्षपहिला चिनजान भएको थियो याहु म्यासेन्जरमा । अनि कपुरधारामा ब्युटिपार्लर चलाएर बसेकी दीपा र पुरीबीच भेटघाट बाक्लियो । त्यस क्रममा पुरीले …

मर्यादा पालकको संख्या ह्वात्तै

Image
काठमाडौ, माघ २२ - संविधानसभाको बिहिबार बस्ने बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ । बहुमतिय प्रक्रिया बिरुद्ध एमाओवादी नेतृत्वको प्रतिपक्षि मोर्चाले यसअघि गरेको आक्रमण र तोडफोडपछि प्रहरी सचेत बनेको हो ।
माघ ५ राती सत्तपक्षले संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढाउँदा असन्तुष्ट बनेका सभासदले तोडफोड गर्नुका साथै सभामुख सुबासचन्द्र नेम्बाङलाई माइकले हिर्काएका थिए । त्यसपछि सतर्क बनेको प्रहरीले मर्यादा पालकको संख्या ह्वात्तै बढाएको छ ।
प्रहरी उपरिक्षकको नेतृत्वमा १ सय ५० दरबन्दीमा रहेको मर्यादा पालकको संख्या साढे छ सय पुर्‍याइएको थियो । त्यो अहिले पनि निरन्तर छ । तर ति मध्ये २ सय ५० जना 'ब्याक फोर्स' का रुपमा रहनेछन् ।
मर्यादा पालकहरु प्रहरी मुख्यालयको सुरक्षा सेवा निर्देशनालयबाट आउछन् । तत्काल संख्या बढाउनुपर्दा बजारमा रेडिमेड पसलबाट दौरा सुरुवाल उपलब्ध गराइएको थियो । तल्लो तहका प्रहरी कर्मचारीसंग दौरा सुरुवाल नहुने भएकाले रातारात त्यस्तो व्यवस्था गरिएको हो ।

जब बच्चाको कसम खुवाएर भौचर च्यात्न लगाए

राजधानीमा ट्याक्सी गुडाउँदै आएका ३६ वर्षीय मदन तामाङको मोबाइलमा २५ लाख रुपैयाँ जितेको सन्देश हिन्दी भाषामा आयो । अरूलाई पनि यसरी मोबाइलमा सन्देश अाएर ठगी भएको समाचार उनले कसो पहिल्यै पढेका थिए । त्यसैले वास्ता गरेनन् । केही दिनमा फोनै आयो ।   कोही उनलाई हिन्दी भाषामै २५ लाख रुपैयाँ चिट्ठा परेको भन्दै बधाई दिन चाहन्थ्यो ।
तामाङले आफूलाई ठग्न खोजेको भन्दै फोन काटिदिए । फेरि फोन आयो । अब फोन गर्ने मानिसले उनको सिमकार्डको 'सिरियल नम्बर' बताउँदै विश्वास दिलाउन खोज्यो । उनले सिम झिकेर पछाडिपट्ट िरहेको सिरियल नम्बर चेक गरे । नभन्दै मिल्यो । 'नम्बर मिलेपछि साँच्चै परेको रहेछ भनेर सपना बुन्न थालें,' उनले प्रहरीलाई सुनाए, 'त्यसको एक सातामै सपना सबै उडेर गयो ।'
दोस्रो चरणमा चिट्ठा राशि पाउन केही रकम पठाउनुपर्ने सूचना आयो । उनलाई एभरेस्ट बैंकको खातामा सुरुमा ४० हजार रुपैयाँ पठाउन लगाइयो । त्यसको केही दिनपछि पुनः ५० हजार रुपैयाँ खातामा हाल्न भनियो । अन्तिम पटक २५ हजार रुपैयाँ मागियो । उनीबाट कुल १ लाख १५ हजार रुपैयाँ लिएपछि सन्देश पठाउने र फोन गर्ने व्य…

डिआइजी नै नक्कली !!!!

Image
काठमाडौं, माघ १९ - केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा दुई दिनअघि एक व्यक्तिले आमाबुवालाई कसैले अपहरण गरेको भन्दै उजुरी दिए । अपहरणसम्बन्धी अनुसन्धान गर्ने अधिकारीले उनका केही कुरा सुने । अनि ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजीपी) हेमन्त मल्लको कार्यकक्षमा लगे । मल्ललाई पनि ती व्यक्तिले आफ्नो कुरा सुनाए । तर प्रहरी अधिकृतसँग बाहिर निस्किएपछि उनले आश्चर्यजनक प्रश्न ती प्रहरी अधिकृतलाई सोधे 'के उहाँ नै हो त ब्युरो प्रमुख ?' ती अधिकारीले हो भनेपछि उनले दरबारमार्गमा सीआईबीको डीआईजी बताउनेलाई आफूले मुद्दा मिलाउन दुई लाख रुपैयाँ दिएको जानकारी दिए । उनले दरबारमार्गमा आफूले भेटेको डीआईजी र अहिले भेटेको व्यक्ति फरक परेको बताए । प्रहरी अचम्ममा परे ।
खासमा के भएछ के भने, दुई युवाले 'सीआईबी प्रमुखलगायत अन्यलाई चिनेको छु' भनेर चितवनका कृष्ण गौतमको मुद्दा मिलाइदिने भन्दै २ लाख ९० हजार रुपैयाँ झ्वाम पारेका रहेछन् । बेलायत बस्दै आएका चितवनका गौतम तीन महिनाअघि बिहे गर्न नेपाल आएका हुन् । भक्तपुर लोकन्थली बस्ने उनको बिहेको एक महिना नपुग्दै सम्बन्ध विच्छेद भयो । स…