Posts

Showing posts from March, 2015

बलात्कारमा सफाइ धेरै

Image
 वकिल र प्रहरीले मुद्दामा राम्रो भूमिका निर्वाह नगर्दा फैसलाहरू पीडितका विपक्षमा पुग्ने काठमाडौ, चैत्र ५ - बैतडीकी पूजा बोहरा बलात्कार प्रकरणमा जिल्ला अदालतले दोषीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँका दरले जरिवाना तोक्यो। पुनरावेदन अदालत महेन्द्रनगरले त्यसलाई उल्ट्याएर सफाइ दियो।
त्यसरी सफाइ पाउने बलात्कार आरोपीको संख्या निकै ठूलो छ। महान्यायाधिवक्ता कार्यालयको वाषिर्क प्रतिवेदनका अनुसार जिल्ला अदालतहरूमा दर्ता भएका यस्ता मुद्दामा ३४ प्रतिशतले मात्र सजाय पाएका छन्।
२०७०/७१ मा ७५ जिल्ला अदालतमा २ हजार २ सय ३४ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका थिए। तीमध्ये ७ सय ६३ मुद्दाका ८ सय ८५ जनाले मात्र सजाय पाए। सफाइ पाउने झन्डै त्यसकै हाराहारीमा अर्थात् ५ सय १५ मुद्दाका ६ सय ३७ जना रहे। त्यसमा फिर्ता पठाइएका वा मुल्तबीमा राखिएका  मुद्दा ५८ अभियुक्त रहेका ४८ वटा थिए। एक हजार दुई सय एक आरोपी रहेका ९ सय ५६ मुद्दा थन्किइरहेका छन्।
पुनरावेदन अदालतहरूमा पुगेका अघिल्ला वर्षका ३ सय १३ सहित ७ सय ९९ मुद्दामा १ सय ६८ को कसुर कायम गरियो। सदर गरेर र उल्ट्याएर गरी २ सय ५० मुद्दाम…

नेपाली युवती कुन-कुन मुलुकमा बेचिन्छन् ?

Image
विदेशमा नेपाली युवती बेच्ने गिरोहका ७ पक्राउकाठमाडौ, चैत्र ४ - नेपाली युवतीलाई अफ्रिकी र खाडी मुलुकका डान्सबारमा काम लगाउने भन्दै त्यहाँ पुर्‍याएर यौन शोषण गराउने एक गिरोहमा संलग्न एक भारतीयसहित ७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर इमाडोलका ३४ वर्षीय राजेन्द्र सुवेदी खत्री, काठमाडौं मैतीदेवी बस्ने ३७ वर्षीय सविन भनिने सविनराज मानन्धर, भारतीय नागरिक २७ वर्षीय रियान भनिने तरुण रोजना खनगवाल, काठमाडौं इचंगुनारायणका ३९ वर्षीय ललितराजसिंह सुवाल, मोरङ विराटनगरका २८ वर्षीय सुनील अधिकारी, संखुवासभा आँखीभुईं घर भएका आशिष भनिने केदारबहादुर खडका र धनकुटाका ३० वर्षीय नवीन दाहाल छन्। उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
सुवेदी र दाहाल यसअघि पनि मानव बेचबिखन मुद्दामा पक्राउ परेका व्यक्ति हुन्। सुवेदी २०७० भदौमा युवती बिक्रीको आरोपमा समातिएका थिए। उनीसहित ५ जनालाई ब्युरोले नै पक्रेको थियो। उनलाई जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा छाडेको थियो। छुटेपछि पनि उनी फेरि युवती तस्करीमै संलग्न रहेको प्रहरीले जनाएको छ। ब्युरो प्रमुख नायब महानिरीक्षक (डीआईजी)…

हण्डर खाएकी सुनिता

Image
द्धन्दमा बाबु आमा गुमेपछि १३ बर्षको उमेरमा राजधानी पसेकी एक दलित युवतीको कथा, लोग्नेले छाडेपछि दुधेबालिका हुर्काउन उनले गरेको संघर्ष । गेष्ट हाउसका साहु देखी ग्राहकसम्म खुसी पारेकी युवतीको नया जिन्दगी  . 
प्रतिमा बास्कोटा
     सुनिता (२६) को नया“बजारमा उनको चिया पसल छ । डुनोट, केक लगायतका खानेकुरा बेच्न थालेको पा“च महिना भयो । महिला सहयात्री नामको सहकारीबाट ६५ हजार रुपैंया ऋण लिएर यो पेशा सुरु गरेकी हुन् । हालैको बिहान पसल बाहिर पुग्दा उनी ग्राहकलाई सिसाको गिलासमा चिया राखेर दिदैं थिईन् । अरुले खाएको चियाका खाली कप उठाएर भाडा धुने ठाउ“मा लगिन् । हतार हतार ति जुठा चियाका कप धोईन् । अनि हतपत स्कुल जान लागेकी छोरीको कपाल कोरिदिईन् । अनुहार धोईदिईन् । एकैछिनमा उनकी छोरीलाई लिन स्कुलको भ्यान आयो । छोरीको सर्टमा रुमाल भिराउ“दै बोकेर गाडीमा छाडिन् । अनि दौडिएर आएर फेरी चिया र खाजाको अर्डर लिन थालिन् । यसो गरेर दिनको दुई सय देखी ५ सय रुपैंयासम्म फाईदा बसाउ“छिन् । ‘नया“ पसल हो, ग्राहकको मन जित्न समय लाग्दो रहेछ ।’
१३ बर्ष अघि माओवादी द्धन्दमा उनका बुवा आमा बितेपछि उनलाई यहा“सम्म आईपुग्न हण्डर त…