Posts

Showing posts from May, 2015

बाँचिहालियो, अब जसोतसो खाउँला

Image
तिम्बु (सिन्धुपाल्चोक), वैशाख २७ - म:म: पकाएर खाने भाँडो किलो ठोक्ने ह्याम्मरले हान्दै थिईन् । हाक्पा डोल्मा हेल्मो (३१) दुईसाता अघि गएको भुकम्पमा घर भत्किदाँ कुच्चिएको मम पकाउने भाडोँ सोझ्याउँदै थिइन् । पुराना जस्ता पाता (टिन)ले बारेर सानो चिटिक्क परेको घर पनि उनको तयार थियो । बाहिरैबाट देखिने गरी कस्मेटिक सामानहरु बिक्रिका लागि राखेकी थिईन् । ‘आधा सामान त भुईचालोले लगिहल्यो, बचेको ब्यापार गर्न राखेकी’ उनले भनिन् ‘अब अरु केहि अप्रिय घटना नभईञ्जेल त खानु पर्‍र्यो नि ।’
बिनाशकारी भुकम्पमा उनको पसलको मात्र होइन, घरमा राखिएका थुप्रै सामान टुटे फूटे । उनी भुकम्पको त्रासबाट उठेपछि ति टुटे फूटेका सामान बनाउन जुटेकी छन् । उनी घरको सामान मिलाउदैछिन् । श्रीमान लाक्पा दोर्जे घर बाहिर अरुलाई मदत गर्दैछन् । उनीहरुले पहिला आफू बस्ने घर बनाए । जस्ताले छाएको र बारेको घर । जस्ताको जोहो स्थानीय स्कूलबाट गरिएको छ । त्यो तिम्बा गाउँमा ८ वटा टिनका घर बनाइएका छन् । ‘आफू मात्र बसेर भएन, छिमेकीलाई पनि मदत गर्नु पर्‍र्यो ।’ सुरुमा पाल कुरेर बस्नेहरु पनि उनीहरुको घर देखेपछि आकर्षित भए ।

भुइँचालोले घर लग्यो ट्रकमा बास

Image
बाह्रबिसे (सिन्धुपाल्चोक), वैशाख २६ - सिन्धुपाल्चोक बाह्रबिसेका रामबहादुर श्रेष्ठ (४२) को कन्टेनर तातोपानी नाकाबाट स्याउ बोकेर काठमाडौं ल्याउँदै गर्थ्यो । अढाई तले घरमा उनको परिवार हाँसीखुसी बसेको हुन्थ्यो । तर महाभूकम्पदेखि त्यो कन्टेनर उनको परिवारका लागि घर बनेको छ । त्यहींभित्र भात पकाउँछन्, खान्छन् । सुत्छन् । विनाशकारी भूकम्पले उनको १३ जनाको परिवार घरबाट कन्टेनरमा बसाइँ सरेको छ । बुढी आमासँगै ६ वर्षीया छोरीहरू सबैको गुजारा त्यसमै चलिरहेको छ ।
बाह्रबिसे बजारमा आधा सडक त भत्केका घरले यसै ढाकेका छन् । त्यसबाहेक किनारमा लस्करै कन्टेनर रोकिएका छन् । ती बाटो बन्द भएर वा अरू कुनै कारणले रोकिएका होइनन् । स्थानीयहरू घर भत्किएपछि सडकमा आइपुगेका हुन् । ना२ख ४२९३ नम्बरको कन्टेनरबाट कहिले घरमा सर्ने केही थाहा छैन । ‘भएको घर भत्कियो, नयाँ बनाउन पैसा छैन,’ श्रेष्ठकी श्रीमती जानुमाया श्रेष्ठले भनिन्, ‘कन्टेनरमा हामी बस्न थालेपछि त कमाउने भाँडो नै बन्द भयो ।’
डेरा सरेर अन्त जान पनि ठाउँ नभएको उनले बताइन् । ‘यतातिरका सबै घर भत्किएका छन्,’ उनले भनिन्, ‘कसैको पनि घर बस्न लायक छैन ।…

दुई हिमालका बीचमा चार घण्टा

Image
रिपोर्टरको डायरीराजधानीमा राहत र व्यवस्थापनका विषयमा सरकारी कर्मचारीहरू लडिरहेका थिए। उता जनता भोकभोकै मर्न लागेका थिए। काठमाडौ, वैशाख २२ - उपत्यका बाहिर महाभूकम्पले पुर्‍याएको क्षतिका विषयमा समाचार संकलन गर्न जान रहर थियो। शुक्रबार त्यसैका लागि एयरपोर्टमा रहेको सेनाको हेलिप्याडमा गएर घण्टौं कुरेर बसें। सेनाले स्वदेशी र विदेशी पत्रकारलाई हेलिकप्टरमा राखेर लगिरहेको थियो। बिहान ६ बजेदेखि २ बजेसम्म कुर्दासमेत आफ्नो पालो नआएपछि निराश भएर फर्किएँ। तर मेरो मनले मानिरहेको थिएन। जसरी पनि जान्छु भन्ने थियो। अर्को दिन शनिबार बिहान ६ बजे फेरि विमानस्थल पुगें। पत्रकारहरू कोही थिएनन्।त्यहाँ चिनेको आर्मी अधिकृत फेला परे। उनले उडान भर्ने अधिकृतसँग कुरा गराएर मलाई पठाउने बन्दोबस्त गरे।
कुर्दाकुर्दै अरू विदेशी र स्वदेशी पत्रकारको ओइरो नै लाग्यो। फेरि ठीकसँग व्यवस्थापन गर्न नसकेको भन्दै सबै पत्रकारलाई नपठाउने भएछन्। हिमपहिरोबाट प्रभावित रसुवा जान उठिसकेको मेरो खुट्टो फेरि रोकिन लागेको थियो। फर्किने मनस्थिति बनाइरहेका बेला नेपाल प्रहरी, सशस्त्र प्रहरीका मध्यक्षेत्रीय प्रमुखहरू देवेन्द्र…

माया मारेको छोरो ज्युँदै भेटिँदा...

Image
पाङताङ (सिन्धुपाल्चोक), वैशाख २३ - अनुहारभरि पसिनै पसिना र काखमा नानी च्यापेकी ४० वर्षीया पदमकुमारी अधिकारी हर्षित देखिन्थिन्। उनी आफ्ना कुरा सुनाउन आतुर थिइन्।
उनीसँग सुनाउनुपर्ने खास कुरो पनि थियो। एघार दिनअघि गएको भूकम्पमा १४ वर्षीय छोरो महादेव हरायो भनेर माया मारेकी उनले छोरो जीवितै रहेको सूचना पाएकी थिइन्। ‘छोरो पल्लो गाउँमा जीवितै रहेछ, अघि बिहान मात्र थाहा पाएको,’ उनले भनिन्, ‘उसको बुबालाई लिन पठाएकी छु।’
चार छोरा–छोरीमध्ये कान्छी काखमा थिइन्। ५ वर्षकी उनी पनि भुइचाँलो गएको दिन ८ घन्टा घरभित्र पुरिएकी थिइन्।
खेती किसानी गर्ने उनका छोरा पदम खलासी काम गर्थे। उनी वैशाख १२ गते लिदी भन्ने गाउँमा पुगेका थिए। खाना खानै लाग्दा भूकम्प आयो। त्यससँगै उनी सम्पर्कविहीन भए। ‘केही दिन खोज्दा पनि नभेटेपछि मायै मारेका थियौं,’ उनले भनिन्, ‘भेटियो भनेपछि खुसीको सीमा छैन।’
त्यहींका हीराबहादुर बिक भुइँचालोले भत्काएको घरको छानो बनाउँदै थिए। कालढुंगाले छाएको घरको आधा भाग भूकम्पले भत्काएको हो। अलिक दिनलाई छाप्रो बनाएर बसे पनि दिगो बसाइका लागि घरै मर्मत गर्न थालेका हुन्। ‘भत्किएको माथिल्लो …

दुवैपल्ट भुइँचालोले लग्यो घर

Image

उनीहरुको काम देख्दा गर्वले छाति फुल्छ

Image
अब म गर्वका साथ भन्न सक्छु – मेरो देशमा आफ्नो पर्वाह नगरी देशका लागि लड्ने सुरक्षाकर्मी छन् । 
प्रतिमा बाँस्कोटा
महाभुकम्प गएको तेस्रो दिन प्रहरी मुख्यालयमा एक महिला प्रहरी जवान आफ्नो हाकिमका अघि आखाँभरी आँशु पारेर उभिएकी थिईन् । ति हाकिम उनलाई आफूहरुले कोशिस गरिरहेको बताउँदै थिए । म छेउमा पुगेर कारण सोध्दा थाहा भयो – ति महिला प्रहरीको सिन्धुपाल्चोकस्थित घर भुकम्पले लगेछ । घरमा आमा बुवा को कता छन् ? केहि थाहा छैन । उनी उक्त स्थानमा जान र उद्धारका लागि पहल गरिदिन हाकिमलाई भनिरहेकी थिईन् ।
अर्का एक हाकिमले उनलाई अरु थुप्रैको उद्धारमा प्रहरी ब्यस्त रहेकाले एकै जनालाई मात्र लक्षित गर्न नसकिने बताइदिएपछि ति जवान आखाँभरी आशु पारेर उभिएकी रहिछन् । आफ्नो घर, परिवार को कता छ ? केहि वास्तै नगरी यिनीहरु खटिरहेका छन् ।
...........
भुकम्प जानु अघि केहि अघिसम्म कतिपयले सुरक्षाकर्मी भन्या नराम्रै मात्रै हुन् भन्थे । पछिल्ला ५ बर्षदेखी सुरक्षाकर्मी (खासगरी नेपाल प्रहरी)संग नजिक रहेर समाचार संकलन गरेकी मैेले कतिपय आवश्थमा आपैंmले पनि प्रहरीका कारण गाली खानु पथ्र्यो । कोही साथीको सवारी चालक अनुमति पत्र ल…