Posts

Showing posts from July, 2015

दलाल समातिए, युवती सिरियामै

Image
काठमाडौ, असार २३ - एक महिनाअघि एक युवतीले आफ्नो फेसबुकमा अनुरोध गरिन्, ‘सरकार, म बाँच्न चाहन्छु, यो नर्कबाट म नेपाल आउन चाहन्छु।’ उनले आफू मर्नु र बाँच्नुको दोसाँधमा सिरियामा रहेको भन्दै उद्धारका लागि अनुरोध गरेकी थिइन्। युवतीले आफ्नो आर्थिक स्थिति सुधार्न दलालको प्रलोभनमा परी कागजात जिम्मा लगाएको भन्दै दोषीलाई कानुनबमोजिम कारबाही गर्न पनि माग गरेकी थिइन्। त्यसैअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को खोजतलासपछि मंगलबार बुटवलका एसके भनिने शोभाकान्त भट्टराईलाई प्रहरीले चाबहिलस्थित डेराबाट पक्राउ गर्‍यो। प्रहरीले भट्टराईको कोठाबाट ४ थान राहदानी, युवतीका नाममा जारी भएका १५ थान पुलिस रिपोर्ट, १२ थान मेडिकल रिपोर्ट र भिसा लागेको कागजपत्र २० वटा बरामद गर्‍यो। सीआईबीका अनुसार वैदेशिक रोजगारसम्बन्धी कुनै संस्था दर्ता नगरेका भट्टराईले थापा मगरसँगै अन्य तीन युवतीलाई समेत सुनौली नाका हुँदै भारतको महिपालपुरमा १५ दिन राखेको र त्यहाँबाट सिरिया पठाएका थिए। भट्टराईले अहिलेसम्म ३० भन्दा बढी युवतीलाई कुवेत, १५ जनालाई दुबई र ३ जनालाई सिरिया पठाएको स्वीकार गरेका छन्। भट्टराईसँग मिलेमतो भएक…

उद्धार गरेको भनिएका २१५ बालबालिका हराए

Image
काठमाडौ, असार ३ - भूकम्प प्रभावित गोरखाबाट उद्धार गरी राजधानी ल्याइएका २ सय १५ बालबालिका हराएका छन् । केन्द्रीय बालकल्याण समितिका अनुसार गोरखाको उत्तरी ल्हो गाविसस्थित ल्हो गुम्बाबाट ल्याइएका ती बालक कहाँ छन्, पत्तो लागेको छैन । ‘भिक्षु पढाउन गुम्बामा राखिएका बालकहरू हराएका छन्,’ समितिका अध्यक्ष डिल्लीराज गिरीले भने, ‘गुम्बाका पदाधिकारीले अभिभावकलाई जिम्मा लगाएको भन्छन्, तर प्रस्ट विवरण दिन सकेका छैनन् ।’ भूकम्प गएपछि सुरुमा उनीहरूले ४ सय बालक गुम्बामा रहेको बताएका थिए । त्यहाँका बालकका लागि आश्रयस्थल बनाइएको काठमाडौंको थानकोटमा हाल १ सय ७५ जना मात्र छन् । केन्द्रीय बालकल्याण समितिकी नमुना भुसालले भनिन्, ‘वास्तवमा कति थिए ? ती कहाँ–कहाँ राखिएका छन्, कसैले बताउँदैन ।’ थानकोटमा राखिएका बालकहरू पनि सबै गुम्बाका भिक्षु नभएको भुसालले बताइन् । ‘गुम्बाबाहिर गाउँका बालकहरू पनि छन्,’ उनले भनिन्, ‘तर सञ्चालकले गुम्बाकै भिक्षु भएको दाबी गरेका छन् ।’ त्यही गुम्बाट उद्धार गरी ल्याइएका भनिएका १५ बालकलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएर उद्धार गरेको थियो । प्रहरीले भूकम्प प्रभावित स्थलबाट विभिन्न प्रय…

सशस्त्रलाई पक्राउ अधिकार दिएपछि झन् विवाद

Image
काठमाडौ, असार २८ - सरकारले सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउ पुर्जीको अधिकार दिएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच विवाद चर्किएको छ। सशस्त्रले तीन साताअघि पेस्तोलसहित पक्राउ गरेका व्यक्तिको विषयलाई लिएर गृह मन्त्रालय मातहतका सुरक्षा संगठनबीच मनमुटाव चर्किएको हो। सशस्त्र प्रहरी बलले गाडी दुर्घटनामा एक व्यक्तिको मृत्यु गराउने आफ्ना चालकलाई बचाउन खोजेको र पेस्तोलसहित पक्राउ परेका व्यक्तिलाई बुझाउने विषयमा नेपाल प्रहरीसँग विवाद बढेको हो।
दुई संगठनबीच बल्झेको विवाद साम्य पार्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रालयको कानुन महाशाखाका उपसचिवको संयोजनमा समिति गठन गरिएको छ। समितिमा गृह मन्त्रालय प्रहरी प्रशासन शाखाका अधिकृत र जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत छन्। समितिलाई गोंगबुबाट कटुवा पेस्तोलसहित पक्राउ परेका व्यक्ति र सीतापाइलामा सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिँदा ज्यान गएको घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ। अपराधको ढाकछोप गत जेठ १५ मा सशस्त्र प्रहरी बलको ना.१ख ६५५ नम्बरको ट्रकले सीतापाइलामा ठक्कर दिँदा मोटरसाइकल चालक सरोज बसेलको मृ…

सशस्त्रको ‘प्रहरी’ हटाऊ

Image
काठमाडौ, श्रावण २ - 
नेपाल प्रहरीले नयाँ संविधानमा सशस्त्र प्रहरी बलको नाम परिवर्तन गर्न सुझाव दिएको छ । नयाँ बन्ने संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै नेपाल प्रहरीले अर्धसैन्य बल सशस्त्र प्रहरी बलको ‘प्रहरी’ शब्द हटाउन आग्रह गरेको हो । 

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालसहित आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूले शनिबार संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई भेटेर सशस्त्रको ‘प्रहरी’ शब्द हटाउन लिखित रूपमै सुझाव दिएका हुन् । 

केहीअघि सरकारले नियमावली संशोधन गरी सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउको अधिकार दिएपछि गृहमातहतका यी दुई संगठनबीच सम्बन्ध चिसिएको छ । अर्धसैनिक बलको स्वरूपमा रहेको सशस्त्रलाई ‘प्रहरी’ नाम राख्दा विवाद सिर्जना भएको भन्दै नेपाल प्रहरीले शब्द नै हटाउन प्रस्ताव गरेको हो ।

सानेपास्थित भट्टराई निवासमा आईजीपी अर्यालको नेतृत्वमा गएका एआईजीहरूले संविधानमा केन्द्र र प्रदेश प्रहरीको समन्वय रहने गरी संरचना निर्माण गर्नसमेत सुझाव दिएका हुन् । संविधानको प्रारम्भिक मस्यौदाको धारा २६३ मा नेपाल प्रहरी, अर्धसैनिक बल …