Posts

Showing posts from 2018

जहाँ गए नि स्वाद नेपाली

प्रतिमा बाँस्काेटा
नयाँपत्रिका
क्यालिफोर्निया(अमेरिका)
पोखराबाट पढ्न अमेरिका आएका विकास क्षेत्रीलाई उनकी आमाले हिड्ने बेलामा झोलाभरी खाने कुरा हालिदिएकी थिईन् । अमेरिकामा नेपाली स्वादका खाने कुरा छोराले खान नपाउला भन्दै उनले तितौरा, अकबरे खुर्सानी, गुन्द्रुक हालिदिएकी थिईन् । तर विकासलाई यहाँ आएको दुई चार दिनमै नेपालबाट नेपाली स्वाद बोकेर ल्याउन नपर्ने थाहा भयो । नेपालीहरुले ब्यापार गर्दै आएको स्टोरमा नेपाली भान्सामा पाक्ने प्राय सबै चिज पाईन्छ । सन्नीभेलमा रहेको गालामार्ट स्टोरले लामो समय देखी नेपालबाट नै सामानहरु मगाएर बेच्ने गरेको छ । ‘नेपालीहरुको बाक्लो उपस्थिती रहेको स्थानमा नेपाली सामान भेटिनु राम्रो हो’ क्षेत्रीले भने ‘सबै कुरा यतै यसरी भेटिन्छ भन्ने थाहा थिएन ।’ स्टोरमा गुन्द्रुक, सिन्की, टिम्बुर, देखी जिम्बुसम्म पाईन्छ । त्यो बाहेक, फापर कोदोको पिठो, तामा, खुर्सानीको अचार, तितौरासम्मका सामान पाइन्छ । वाइवाई चाउचाउ पनि पाइन्छ । यो क्षेत्रमा नेपालीहरुले नेपाली परिकारहरु बनाएर बेच्ने समेत गरेका छन् । कुनै कुनै प्रकारका अचार छिट्टै सकिने सकिने गरेको ब्यापारी बताउँछन् ।
सधैंभरी ब्…

फोनमा कुरा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या

प्रतिमा बाँस्काेटा क्यालिफाेर्निया | मङि्सर १७, २०७५
कलिलो उमेरका विद्यार्थीलाई विदेशमा असाधारण तनाव साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य भयो,’ उनका साथीले भने । तिवारी हाइल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरूका अनुसार अरू वेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्यो,’ उनका एक साथीले भने, ‘जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम्–गरम् भन्थ्यो ।’
बिहीबार दिउँसो ३ बजेदेखि काममा जानुपर्ने तिवारी ढिलो समयसम्म नउठ्दा उनका ‘रुममेट’ र अर्का एक विद्यार्थीले ढोका फुटाएका थिए । र…

भुकम्पका समाचार

Image
स्कुटर चलाएर तीनकुने स्थित कान्तिपूर कार्यालय जादैं थिएँ । थापागाउँको उकालोमा मान्छेहरुको भागम् भाग के लागि भनेर ठम्याउन नपाउदैं स्कुटरसंगै म पनि सडकमा लडें । गति कम भएका कारण चोट लागेन । हतार हतार स्कुटरको साँचो थुतेर अरु मान्छे भागे तिर म पनि भागें । कम्पन कम भएको महसुस गरेपछि स्कुटर उठाएर म तीनकुने तिर लाग्दै थिएँ । सडकभरी मान्छे देखेर मनमा अलि अलि रिस उठ्यो । ‘भुकम्प बन्द भैसक्यो, किन सडकमा मान्छे उभिएका होलान्’ भन्दै मनै मन रिसाउँदै कान्तिपुर पुगें । स्कुटर सिधै भित्र लैजान लाग्दा ‘चिफ रिर्पोटर’ बलराम बानियाँले देखेर कराउँदै भित्र जानबाट रोके । हामी काम गर्ने गरेको कान्तिपुरको मुख्य भवन त चर्किसकेछ । अनि पो थाहा भो, कम्पन आउने जाने गरिरहेको रहेछ । एकैछिनमा धरहरा ढलेको देखी, नयाँबसपार्क, असन लगायतका क्षेत्रमा घरहरु ढलेको खबरहरु आउन थाले । 
कान्तिपुर टिभीले सडकमै डोरी तानेर आफ्नो प्रत्यक्ष प्रशारण सुरु गरिसकेको थियो । ईकान्तिपुर अनलाईनका साथीहरु पनि सडकबाट नै समाचार अपडेट गरिरहेका थिए । हामी भने के गर्ने भन्दै अलमल्एिर बसेका थियौं । पेप्सीकोला स्थित कान्तिपुर छाप्ने छापाखानाबाट काम …

मेरा हुलाकी बुवा

बुवा जिवित हुनुहुन्थ्यो भने, सायद म यी कुराहरु लेख्दिन थिएँ । तीन बर्ष अघिसम्म त बुवालाई फोन गरेर हरेक साल झै मुख हेरें है बुवा भनिदिन्थें । बुवाले पनि फिस्स हाँस्दै ‘देखिस् त कस्तो रैछ’ भन्नुहुन्थ्यो । 
प्रतिमा बाँस्कोटा
मेरा बा दैनिक आठ घण्टा हिडेर थाकेको शरिर लिएर घर आइपुगेपछि खुईया गर्दै लौरो सिकुवाको काठमा चेपेर अड्याउनु हुन्थ्यो । ४५ बर्षमा पनि ६० बर्षे भैंm देखिने मेरा बुबाको दैनिकी यस्तै थियो, झोला भरी चिठ्ठी पत्र बोकेर हरेक दिन आठ घण्टाको हिंडाइ । चार घण्टा चिठीपत्र पुर्याउन र ल्याउन चार घण्टा । उमेर नढल्किदै बुढ्यौली लागेजस्तो देखिने शरिर, हरेक दिनको थकान, चाउरी परेका गाला । घर पुग्नासाथ गाईबस्तुको चटारो, परिवार प्रतिको दायित्व, सँधै केही नपुगेको जस्तो र केही खोजी रहेका जस्ता गाढिएका आँखा । बुबाको स्मरण यही र यस्तै परिदृष्यबाट सुरु हुन्छ । 
हामीसँग जुन कुरा साथमा छ, त्यसको महत्व धेरै हुदैन । आज मेरा बुवा जिवित हुनुहुन्थ्यो भने, सायद म यी कुराहरु लेख्दिन थिएँ होला । तीन बर्ष अघिसम्म त बुवालाई फोन गरेर हरेक साल झै मुख हेरें है बुवा भनिदिन्थें । बुवाले पनि फिस्स हाँस्दै ‘देखिस् त …

अन्तिम शब्द

सास फेर्न मैले पनि पाउनुपर्छ

सुनेकी थिएँ, गर्भमा ९ महिना बच्चा राख्न गाह्रो हुन्छ रे । जन्माउँदा आमाले पाउने प्रसब पिडा उतिकै खपिनसक्नु गाह्रो हुन्छ रे ।
मासिक रक्तश्राप भएर शरिरबाट केहि थोपा रगत निस्कदाँ पेट दुखेर मरिहत्ते हुन्थ्यो । आमाले मलाई कति मुस्किलले जन्माइन् होला । तराईमा खानपिउन उतिकै गाह्रो थियो । बाचिञ्जेलसम्म मैले यहि सोचिरहें, धेरै पटक सोचिरहें । आमा भगवानको अर्को रुप थिइन् । लाग्थ्यो, आमाको चर्चा नगरि मेरा दिन जादैन थिएं । आमा मेरा लागि के थिईन्न र ? तपाईलाई यो बताईरहदाँ, म यो संसारमा छुईन । 
मेरी आमाले मलाई घाँटी थिचेर मारिन् । फेर्दा फेर्दैको सास रोकियो । आमाले नै प्राण लिन खोजेको देखेर होला । मेरो शरिरले बचाउका लागि केहि हरकत गरेन । सायद भित्र भित्रै मरिसकेको थियो । या भनौं, आमाको त्यो रुप देखेर सद्मामा गएको थियो । आमाले मात्र कहाँ हो र ? बुवा र आमाले मिलेर मलाई मारे ।
थाहा छ किन मारेका अरे मलाई ? मेरो चालचलन ठिक भएन अरे । म काठमाडौंमा पढ्दै गरेको मेरो क्याम्पस ब्यवस्पानले मेरो चरित्र ठिक नभएको निचोड निकालेर बुवालाई खबर गरिदिएको अरे । चालचलन भनेको के हो ? यो कसरी मापन ह…