Posts

Showing posts from September, 2018

भुकम्पका समाचार

Image
स्कुटर चलाएर तीनकुने स्थित कान्तिपूर कार्यालय जादैं थिएँ । थापागाउँको उकालोमा मान्छेहरुको भागम् भाग के लागि भनेर ठम्याउन नपाउदैं स्कुटरसंगै म पनि सडकमा लडें । गति कम भएका कारण चोट लागेन । हतार हतार स्कुटरको साँचो थुतेर अरु मान्छे भागे तिर म पनि भागें । कम्पन कम भएको महसुस गरेपछि स्कुटर उठाएर म तीनकुने तिर लाग्दै थिएँ । सडकभरी मान्छे देखेर मनमा अलि अलि रिस उठ्यो । ‘भुकम्प बन्द भैसक्यो, किन सडकमा मान्छे उभिएका होलान्’ भन्दै मनै मन रिसाउँदै कान्तिपुर पुगें । स्कुटर सिधै भित्र लैजान लाग्दा ‘चिफ रिर्पोटर’ बलराम बानियाँले देखेर कराउँदै भित्र जानबाट रोके । हामी काम गर्ने गरेको कान्तिपुरको मुख्य भवन त चर्किसकेछ । अनि पो थाहा भो, कम्पन आउने जाने गरिरहेको रहेछ । एकैछिनमा धरहरा ढलेको देखी, नयाँबसपार्क, असन लगायतका क्षेत्रमा घरहरु ढलेको खबरहरु आउन थाले । 
कान्तिपुर टिभीले सडकमै डोरी तानेर आफ्नो प्रत्यक्ष प्रशारण सुरु गरिसकेको थियो । ईकान्तिपुर अनलाईनका साथीहरु पनि सडकबाट नै समाचार अपडेट गरिरहेका थिए । हामी भने के गर्ने भन्दै अलमल्एिर बसेका थियौं । पेप्सीकोला स्थित कान्तिपुर छाप्ने छापाखानाबाट काम …

मेरा हुलाकी बुवा

बुवा जिवित हुनुहुन्थ्यो भने, सायद म यी कुराहरु लेख्दिन थिएँ । तीन बर्ष अघिसम्म त बुवालाई फोन गरेर हरेक साल झै मुख हेरें है बुवा भनिदिन्थें । बुवाले पनि फिस्स हाँस्दै ‘देखिस् त कस्तो रैछ’ भन्नुहुन्थ्यो । 
प्रतिमा बाँस्कोटा
मेरा बा दैनिक आठ घण्टा हिडेर थाकेको शरिर लिएर घर आइपुगेपछि खुईया गर्दै लौरो सिकुवाको काठमा चेपेर अड्याउनु हुन्थ्यो । ४५ बर्षमा पनि ६० बर्षे भैंm देखिने मेरा बुबाको दैनिकी यस्तै थियो, झोला भरी चिठ्ठी पत्र बोकेर हरेक दिन आठ घण्टाको हिंडाइ । चार घण्टा चिठीपत्र पुर्याउन र ल्याउन चार घण्टा । उमेर नढल्किदै बुढ्यौली लागेजस्तो देखिने शरिर, हरेक दिनको थकान, चाउरी परेका गाला । घर पुग्नासाथ गाईबस्तुको चटारो, परिवार प्रतिको दायित्व, सँधै केही नपुगेको जस्तो र केही खोजी रहेका जस्ता गाढिएका आँखा । बुबाको स्मरण यही र यस्तै परिदृष्यबाट सुरु हुन्छ । 
हामीसँग जुन कुरा साथमा छ, त्यसको महत्व धेरै हुदैन । आज मेरा बुवा जिवित हुनुहुन्थ्यो भने, सायद म यी कुराहरु लेख्दिन थिएँ होला । तीन बर्ष अघिसम्म त बुवालाई फोन गरेर हरेक साल झै मुख हेरें है बुवा भनिदिन्थें । बुवाले पनि फिस्स हाँस्दै ‘देखिस् त …